Hamro Patra
विकासका लागि सबै एक हौ: रावल

 

प्रकाश कुमार

Khadga Memorial And Janajagriti

टीकापुर, २५ जेठ

सुदुरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावलले राजनीति भन्दा पनि बिकासमा सबै दल एकबद्द भएर लाग्नु पर्ने बताएका छन् । टीकापुर नगरपालिका वडा न १ स्थित शक्तिनगर मुक्तकमैया बस्तीमा सामुदायिक भवनको शिलान्यास गर्दै नेता रावलले सो कुरा बताएका हुन् । रावलले वर्तमान अवस्थामा खाली राजनीति मात्रै सोचेर अगाडि बढ्नु नहुने बताउदै राजनितीमा लागेकाहरुले जनताको सेवकको रुपमा काम गर्नुपर्ने बताए ।

४० लाखको लागतमा निर्माण हुने भवन प्रदेश साँसद रावलको क्षेत्र विकास पूर्वाधार कार्यक्रमको बजेटमा निर्माण हुन लागेको हो ।  कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, साना शहरी खानेपानी तथा सरसफाइ संस्थाका पुर्ब अध्यक्ष नवराज रावल, बर्तमान सचिब नरेशकुमार खत्रीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शिविरका बडघर लगायत सर्बसाधारणको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update