Hamro Patra
उडायो सपना सबै हुरीले....


परमानन्द पाण्डे
टीकापुर, २४ जेठ
टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका५१ वर्षीय लहानु चौधरीले विगत ६ वर्षदेखि कुखुरा पालनगर्दै आए। खेतीकिसानीगर्ने उनको परिवारले दैनिकगुजारामै सिमितभएपछि कुखुरा पालन शुरु गर्यो । बोइलर कुखुराबाट शुरुवातभएको व्यावसायिकयात्रा लेयर्स पालनहुँदै हरि पोल्टी फार्मबाट अण्डा उत्पादनसम्मपुग्यो । कुखुराबाट राम्रो आम्दानीगर्दैआइरहेका लहानुले यहीवर्ष कुखुराकालागिनयाँ घर बनाए । अण्डा उत्पादन बढाउन उनले ४ हजार ५ शय चल्लाहाले । घर परिवारलाई काममालगाए । कुखुरा पालनलाई विस्तार गर्दै अण्डा उत्पादन वृद्धि गर्दै जाने लहानुको सपनाविहीवार रातिआएको हावाहुरीले क्षणभरमै उडायो । भिषण हावाहुरी आउनथालेपछि कुखुराकाचल्लाभिज्लान्भन्दै खोरतर्फ गएकालहानु खोरको पर्खाल भत्किँदात्यही ढले । लहानुका छोरा हरिनारायण चौधरीकाअनुसार हावाहुरीले कुखुरा चल्लाभिज्नथालेपछि चल्ला सार्न गएकालहानुको शरीरमाथिपर्खाल ढलेपछि घाइते भएकाथिए । छाति र टाउकोमाचोट लागेकालहानुको उपचारका लागि नेपालगञ्ज लैजाँदागर्दा मृत्यु भएको हो । छ महिनाअघि रेडिमेड कपडा पसल सञ्चालन गरेका हरिनारायणले बुबाको अण्डा उत्पादनगर्ने सपना पुरा गर्न पसलबिक्री गरेका थिए ।


‘बुबाको सपनाथियो, उहाँकुखुरा पालन र अण्डा उत्पादनमाजोड दिने’–हरिनारायणले भने–‘बुबाको सपनाहावाहुरीले उडायो ।’
कुखुराको खोरमा हरिनारायण र उनकाबुवा सँगै थिए । हावाले खोरको छाना उडाउन थालेपछि लहानुले डोरीले टिन कसे । खोरका चल्लाहरु पानीनपर्ने ठाउँमा सार्दै गरेका लहानुलाई पर्खालले एक्कासीच्यापेको थियो । पर्खाल लागेर हरिनारायणको हात, पाखुरा र खुट्टामा चोट लागेको छ ।
लहानुकीश्रीमतीपितरानीथरुनीले कुखुरा पालनबाट भएको आम्दानीले दुई छोराकालागिबनाउँदै गरेको घर अधुरो रहने चिन्ताव्यक्तगरिन् । ‘छोराकालागिघर बनाउनलागेकाथियौं, घटनाले उहाँ रहनु भएन’पितरानीले भनिन् ‘पक्की घर बनाउने हाम्रो सपना समेत अधुरै रहेको छ ।’
२०५४ सालको स्थानीयनिर्वाचनमा नेपालीकाँग्रेसका तर्फबाट टीकापुर नगरपालिका वडा नं. ८ का वडा सदस्यमानिर्वाचितलहानु राजीपुर गाउँका बडघर थिए । सबै व्यक्तिसँगमिलनसार व्यवहार गर्ने लहानुको घरमाप्रायःजसो कार्यक्रमहरु भइरहन्थे ।

Khadga Memorial And Janajagriti

गाउँलेहरुकालागिनिकै सहयोगीभावनाभएकालहानुको मृत्यु गाउँशोकमग्न बनेको छ । उनका छिमेकी खडकबहादुर चौधरीले थारु समुदायको एक मिलनसार अभिभावकगुमाएको बताए ।
‘निकै मिलनसार स्वभावको हुनुहुन्थ्यो, गाउँलेका लागि एक अभिभावकगुमाएका छौं’–चौधरीले भने–‘लामो समय बडघर समेत रहेर उहाँले गाउँललाई परिचालनगर्नु भएको थियो ।’
लहानुको मृत्युका कारण गाउँलेहरु शोकमा डुबेका छन् । एक्कासीआएको हावाहुरीका कारण अन्यखासै क्षतिनभएपनिउनको मृत्युले गाउँलेहरु शोकमा डुबेका हुन् ।

केरामाक्षतिः
विहीवार रातिआएको हावाहुरीका कारण कैलालीको सुदुरपूर्वी क्षेत्रमालगाइएको सयौं विघा केराबालीमाक्षतिपुगेको छ ।
टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिकालगायतका क्षेत्रमालगाइएको केराबालीमाहावाहुरीका कारण क्षतिपुगेको हो ।
केरा किसान टेकेन्द्र धामीकाअनुसार हावाहुरीका कारण सयौं विघामा लगाइएका केराहरुको बोटहरु ढलेका छन् । यसअघि आएको हावाहुरीले समेत केरामाक्षतिपुगाएको थियो । पटक पटकआएको हावाहुरीका कारण केरा उत्पादनमाकमीआउने धामीले बताए ।

‘हावाहुरीका कारण थुप्र्रै किसानका केराकाबोटहरु ढलेका छन्, घारीहरु भाँचिएका छन्’–धामीले भने ‘जसका कारण यसवर्ष टीकापुर क्षेत्रमा केराको उत्पादनमाकमीआउने देखिएको छ ।’
हावाहुरीका कारण टीकापुरका केरा कृषक टेकेन्द्र धामी, देवीराम कोइराला, मोहन जैशी, विनोद साह र जोशीपुरका कृषक रामबहादुर कुँवर, नेपबहादुर चौधरी लगायतको बारीमा बढी क्षतिभएको छ ।
पटक पटकआएको हावाहुरीका कारण केराको बोटहरु भाँचिएको केरा कृषक विनोद साहले बताए ।
टीकापुर क्षेत्रमा पछिल्लो समय झण्डै ६ शय हेक्टर क्षेत्रफलमा केराखेतीहुँदै आएको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update