Hamro Patra
नगरपालिकाले अस्पताल निर्माण गर्दै

टीकापुर, जेठ २३
लम्की चु्हा नगरपालिकाले ५० शैयाको सामुदायिक अस्पताल निर्माण गर्ने भएको छ । नगरपालिकाको वडा नं. १० हीरापुरमा करिव ३१ करोडको लागतमा निर्माण हुने अस्पतालको निर्माण कार्य सुरु भएको छ ।

आज नगरपालिकाको अगुवाईमा निर्माण हुने अस्पतालको एक समारोहकाबीच संघीय साँसद झपटबहादुर रावलले शिलान्यास गरेका छन । भवन निर्माणका लागि नगरपालिका र निर्माण कम्पनी प्राकृतिक सनिदेव जेभी महेन्द्रनगरबीच यही जेठ १३ गते सम्झौता भएको छ । आगामी १२ महिना भित्र निर्माण सम्पन्न गर्नुपर्ने सो भवनको लागत ७ करोड ६८ लाख ७४ हजार रहेको छ ।

Khadga Memorial And Janajagriti

भवन निर्माणका लागि नगरपालिका कार्यपालिका बैठकले चालु आर्थिक वर्षमा गाडी खरिदका लागि विनियोजन गरेको बजेट रकमान्तर गरेर अस्पताल निर्माणमा लगाउने निर्णय गरेको थियो । मेयर महादेव बजगाईका अनुसार गाडी खरिदका लागि विनियोजन गरिएको ७५ लाख र समपुरक बजेट मार्फतको १५ लाख गरी ९० लाख रुपैयाँ अस्पताल निर्माणमा छुट्याईएको छ ।

त्यसैगरी अस्पताल भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले १ करोड १३ लाख र संघीय साँसद झपटबहादुर रावलको पूर्वाधार विकास कार्यक्रम मार्फत १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अस्पताल भवन निर्माणका लागि अपुग हुने रकम आगामी आर्थिक वर्षमा विनियोजन गरिने मेयर बजगाईले जानकारी दिए । उनले बहुवर्षे योजना भएकाले क्रमिक रुपमा बजेट थप गरिदै लैजाने बताए ।

अस्पताल निर्माणका लागि राष्ट्रिय नवजागृत माविले २ विगाह जमिन निशुल्क उपलब्ध गराएको छ । सो जमिनसँगै रहेको थप साढे ३ विगाह ऐलानी जमिन समेत अस्पतालले भोगचलन गर्ने गरी स्थानीयले सहमति जुटाएका छन ।

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update