Hamro Patra
एशियन लाईफले रक्तदान गरी वार्षिकोत्सव मनायो
Khadga Memorial And Janajagriti

टीकापुर, २१ चैत

जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्सले आफ्नो १२ औं वार्षिकोत्सव आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको टीकापुर र लम्की शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेका छन । टीकापुरमा २७ र लम्कीमा ५० पिन्ट रगत संकलन भएको टीकापुर शाखाका प्रबन्धक गणेशबहादुर साउँदले जानकारी दिए ।

टीकापुरमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथि टीकापुर रेडक्रसका सभापति जगदीश्वर पण्डित, विशिष्ट अतिथि टेक नारायण पौडेल र सेन्चुरी बैंक टीकापुर शाखाका प्रबन्धक नगेन्द्र कोइराला रहेका थिए । कार्यक्रमको सञ्चालन छविलाल जैशीले गरेका थिए भने स्वागत मन्तव्य बद्रीप्रसाद भट्टराईले राखेका थिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update