Hamro Patra
टीकापुरको डिएसपीमा मनोहर भट्ट आउँदै

टीकापुर, जेठ १८
इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा डिएसपी मनोहरप्रसाद भट्ट आउने भएका छन । उनी महानगरीय अपराध महाशाखा लागु पदार्थ शाखा काठमाण्डौंबाट सरुवा भएका हुन ।

हाल कार्यरत डिएसपी शिवबहादुर सिँह ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौडा सरुवा भएका छन । उनको ठाउँमा भट्ट आउन लागेका हुन ।

Khadga Memorial And Janajagriti

भट्ट यसअघि प्रहरी निरिक्षक हुँदा धनगढी वडा प्रहरी कार्यालयमा रहँदा सिंघमका नामले परिचित भएका थिए । उनी नेपाल प्रहरीको सक्षम अफिसरका रुपमा चिनिन्छन ।

नेपाल प्रहरीले १०० जना डीएपी सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार जेठ महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीमा खान पाउने व्यवस्था मिलाइएको छ । ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update