Hamro Patra
छ लेन सडक–४ः तिहार लगत्तै काम सुचारु हुने

टीकापुर, कार्तिक २

टीकापुरको निर्माणाधीन छ लेन सडक निर्माणको काम मुख्य पक्ष समाल्ने भएको छ । यसअघि निर्माणको जिम्मा लिएका चिसापानीका जनकबहादुर शाहीले सडक निर्माणको काम अलपत्र छोडेपछि मुख्य पक्षले समाल्ने भएको हो ।

लामो समयदेखि सडक निर्माणको काम अलपत्र परेपछि शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीले निर्माण कम्पनी रोमन के.एस./जेभीलाई आजै पत्राचार गरी निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

Khadga Memorial And Janajagriti

‘निर्माण कम्पनीको मुख्य पक्षलाई हामीले आजै पत्राचार गरिसकेका छौं’ कार्यालयका इञ्जिनियर मोहन अवस्थीले भने ‘समयभित्र निर्माण कार्य सम्पन्न गर्नका लागि पत्रमार्फत् निर्देशन दिइएको छ ।’

निर्माण कम्पनीले २०७५ असोज ११ गतेदेखि आयोजनाका काम शुरु गर्न शाहीलाई जिम्मा दिएको थियो । शाहीले जमरापुलदेखि बसपार्कसम्मको कालोपत्रेको अधिकांश काम सम्पन्न गरेका छन् । हाटबजार नजिक सडकको केही भाग भने कालोपत्रे हुन सकेको छैन ।

जमरा पुलदेखि बसपार्कसम्मको २ दशमलब ३ किलोमिटर सडकको दुबैतर्फको पैदल मार्ग, नाला निर्माण, विद्युत पोलको व्यवस्थापन, कल्भर्ट निर्माण लगायतका काम भने हुन सकेको छैन ।

सडक निर्माणको काम अधुरै छोडी शाही सम्पर्कविहीन भए पछि जनस्तरबाट चर्को दबाव भइरहेको छ ।

सडकको जिम्मा लिएको के.एस. निर्माण कम्पनीका सञ्चालक भीम पालले टीकापुरको छ लेन सडकबारे कार्यालयले समेत ध्यानाकर्षण गराएको बताउँदै तिहार लगत्तै निर्माणको काम सुचारु गर्ने बताएका छन् ।

https://www.youtube.com/watch?v=q_xZ-HkwDB4

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update