
टीकापुर, असोज ३१
चार वर्षसम्म निर्माण सम्पन्न हुन नसकेको टीकापुर बजारको छ लेन सडक निर्माणका लागि शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीले भोलि नै निर्माण कम्पनीलाई पत्राचार गर्ने भएको छ ।
कार्यालयका इञ्जिनियर मोहन अवस्थीले हाम्रोपत्र सँग कुराकानी गर्दै भोलि नै निर्माण कम्पनीलाई पत्राचार गर्ने बताएका हुन् ।
दुई वर्षमा निर्माण सम्पन्न हुने गरी सडक निर्माणका लागि कार्यालयले चार वर्षअघि रोमन के.एस. जे./भी.सँग सम्झौता गरेको थियो । कम्पनीले स्थानीय जनकबहादुर शाहीलाई कामका जिम्मा लगाएको थियो । पछिल्लो छ महिना यता निर्माण कार्य ठप्प छ ।
जमरा पुलदेखि बसपार्कसम्मको २ दशमलव ३ किलोमिटर सडक चार वर्षमा समेत सम्पन्न हुन नसक्दा स्थानीय आक्रोशित बन्दै आएका छन् ।
यसै सन्दर्भमा आज हामीले शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका इञ्जिनियर मोहन अवस्थीलाई सोधेका छौं ?