Hamro Patra
दिपेन्द्रसिँह ऐरी ब्राण्ड एम्बेसडर

बिराज रोस्यारा
धनगढी, जेठ १७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दिपेन्द्र सिँह ऐरि क्रिकेटिङ्ग नेपाल डटकमको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन ।

शुक्रबार एक कार्यक्रमका बीच दिपेन्द्रलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको हो । दिपेन्द्र क्रिकेटिङ्ग नेपालसँग आगामी डिसेम्बरसम्म जोडिने छन । यस क्रममा दिपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ्ग नेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन ।

Khadga Memorial And Janajagriti

उनले क्रिकेटिङ्ग नेपालको स्टिकर आगामी डिसेम्बर सम्मका लागि प्रयोग गर्ने छन । दिपेन्द्रले क्रिकेटिङ्ग नेपालको ब्राण्ड एम्बेसडर बन्न पाउदा आफूलाई खुशी लागेको बताए । क्रिकेटिङ्ग नेपाल एउटा राम्रो ब्यवसायिक वेबसाइट हो । क्रिकेटिङ्ग नेपालसँग जोडिन पाउदा मलाई खुशी लागेको छ, दिपेन्द्रले कार्यक्रम पश्चात भने ।

सन २०१७ मा किर्तिपुरमा भएको आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पिनयशीप अन्तर्गत केन्याबिरुद्धको खेलबाट डेब्यु गरेपनि दिपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन । उनी ट्वान्टी ट्वान्टीमा पनि नेपालका लागि प्रमुख खेलाडी हुने गर्दछन ।

सन २०१३ मा काठमाडौंमा भएको एसिसि ट्वान्टी ट्वान्टी कपसँगै शुरुवात गरिएको क्रिकेटिङ्ग नेपाल हाल आफ्नो सातौं बर्षमा चलिरहेको छ ।

पहिलो केही बर्ष अंग्रेजी भाषामा नेपाली क्रिकेटको बारे सम्पूर्ण जानकारी दिदै आएको क्रिकेटिङ्ग नेपालले हाल नेपाली भाषामा पनि छुट्टै वेबसाइट निकालिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update