Hamro Patra
छ लेन सडक–२ः सडक हो कि धराप ?

टीकापुर, असोज ३०

टीकापुर बजारको मुख्य सडकमा पर्ने जमराको पुलदेखि बसपार्कसम्मको दुई किलोमिटर सडक स्थानीयका लागि धराप बन्दै आएको छ । निर्माण कम्पनी रोमन के.एस. जे.÷भी. ले सडक अपूरो छोड्दा सडकका ठाउँ ठाउँमा धरापहरु छन् । कतै नालीका ढक्कन फुटेका छन्, कतै खाली सरिया छोडिएको छ । बिच सडकमा कल्भर्डको वाल छ । ठाउँ ठाउँमा खाल्डा छन् । समग्रमा सडकको दुर्दशा छ ।

Khadga Memorial And Janajagriti

निर्माण कम्पनीका सम्पर्क व्यक्ति जनकबहादुर शाही यो सडकबारे बेखर छन् । सरकारको स्मार्ट सिटी कार्यक्रम अन्तर्गतको दुई दशमलव ३ किलोमिटर सडक कालोपत्रे गर्न चार वर्ष लागेको छ । चार वर्षमा समेत सडकको अवस्था यस्तो छ ।

हेरौं पत्रकार भरत भण्डारीले तयार पारेको यो भिडियो रिपोर्टः

https://youtu.be/JOI4nywmOFw

 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update