Hamro Patra
महिला हक्कीमा सुदूरपश्चिम १–० को गोल अन्तरले विजयी

टीकापुर, असोज २९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीमा सुदूरपश्चिम विजयी भएको छ । शनिबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले १–० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको हो । खेलको पहिलो, दोस्रो र तेस्रो क्वाटर गोल रहित बन्न पुग्यो ।

Khadga Memorial And Janajagriti

दुबैबीच रोचक प्रतिस्पर्धा रहेको खेलमा सुदुरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णयक बन्न पुग्यो । खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदूरपश्चिमलाई खेलमा जित दिलायो । उनले ५९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई जित दिलाउन सफल भइन् ।

यसअघि भएको पहिलो खेलमा नेपाल आर्मीले ८ –० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको छ । आर्मीको यो लगातार दोस्रो जित हो । आजको खेलमा जित हासिल गरेका दुबै टिम भोलि मैदानमा भिड्दै छन ।

सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै छ । भोलि प्रतियोगिताको चौथो दिन लुम्बिनी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदा सुदुरपश्चिम प्रदेश र नेपाल आर्मी मैदानमा उत्रिदै छन ।

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update