Hamro Patra
बाढीले सिँचाई आयोजनामा क्षति

टीकापुर, असोज २६

अविरल वर्षा पछि आएको बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनामा क्षति पुर्याएको छ । बाढीले केही ठाउँमा नहर र नहरसँगैको बाँध समेत भत्काएको छ ।

Khadga Memorial And Janajagriti

बाढीले पूर्व खैरीफाँटामा नहर भत्काएको छ भने जगतपुर र मालझुलमा नहरको बाँध भत्काएको छ । आयोजनाका अनुसार सबैभन्दा धेरै रानी कुलातर्फ क्षति भएको छ । रानी कुलाको मुहानको बाँध नै भत्किएको छ । रानी कुला अन्र्तगत निर्माण भएको नहरका ठाउँठाउँमा भत्किएको छ ।

आयोजनाले अझै क्षतिको विवरण संकलन गर्न सकेको छैन । डिभिजन इन्जिनियर टोपबहादुर खत्रीले आफूहरु क्षतिको विवरण संकलनमा रहेको जानकारी दिए । उनले कतिपय ठाउँमा अझै पुग्न नसकेका कारण क्षतिको यकिन विवरण भन्न समस्या भएको बताए । ‘हामी अझै कतिपय ठाउँमा पुग्न सकेका छैनौं’ उनले भने–‘धेरै ठाउँमा क्षति भएको छ ।’

जानकी गाउँपालिका–९ स्थित शिवशक्ति सामुदायिक वन क्षेत्रबाट बाढी जमरा कुलाको मुहानमा पसेको थियो । सोही बाढीले रानी कुलाको नहरमा समेत क्षति पुर्याएको हो । यो बाढी कर्णाली नदीको पश्चिम भँगालोबाट नहरमा प्रवेश गरेको हो ।

नहर भत्किए पछि बाढीले नजिकैको बस्ती समेत डुबाएको छ । सयौं घरमा पानी पसेको छ । कतिपय घर बाढीले भत्किएका छन । स्थानीयले आयोजनाको नहरका कारण झन बाढीको समस्या निम्तिएको आरोप लगाएका छन ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update