Hamro Patra
खानेपानीको अध्यक्षमा रावल


प्रकाश कुमार
टीकापुर, १६ जेठ

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा भैरबसिंह रावल निर्वाचित हुनु भएको छ ।
विहीवार सम्पन्न निर्वाचनबाट रावल ३ शय ३५ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । रावल वर्तमान कार्यसमितिमा सचिवमा कार्यरत थिए । अध्यक्षका अर्का प्रत्यासी वर्तमान अध्यक्ष नवराज रावलले ३ शय १४ र बलबहादुर खड्काले ८० मत पाएका छन् ।

Khadga Memorial And Janajagriti

उपाध्यक्षमा गोपीराम जैसी ३ शय २४ मत प्राप्त गरी विजयी हुनु भएको छ भने तेजबहादुर चौधरीले २ शय १८, उदयराम अधिकारीले ६८ र तर्कराज जैसीले ७५ मत पाएका छन् ।
सचिवमा नरेशकुमार खत्री ३ शय ५९ मत ल्याई विजयी भएका छन् भने सुरतबहादुर कुँवरले २ शय ८८ र तुल्सीराम चौधरीले ५८ मत पाएका छन् । यसैगरी कोषाध्यक्षमा विश्राम चौधरी २ शय ८६ मत पाइ विजयी भएका छन् भने संगम शाहले २ शय ४८ नरबहादुर शाहले १३१ मत पाए ।

अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष नेकपा समर्थित समूहबाट विजयी भएका हुन भने सचिव नेपाली काँग्रेस समर्थित समूहबाट विजयी भएका हुन् ।
यसैगरी सदस्यहरूमा नेकपा समूहका कीर्तिबहादुर रोकाया, कृष्णीदेवी चौधरी, बलबहादुर कामी, सरिता रावल थापा, सृजना शर्मा पण्डित निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । ८ शय २ कुल प्रतिनिधि रहेको संस्थाको विहीबार सम्पन्न निर्वाचनमा ७ शय ८३ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update