Hamro Patra
खानेपानी चुनावमा ७८४ मत खस्यो

टीकापुर, जेठ १६
टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाको नेतृत्वका लागि आज मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक केशरबहादुर कुँवरले ७८४ मत खसेको जानकारी दिए ।

संस्थाका उपभोक्ताबाट बैशाख २८ गते चयन भएका ७९३ पार्षद र ९ जना कार्य समिति सदस्य गरी कुल ८०२ मतदाता रहेका थिए । मतदानमा अत्याधिक मतदाताको सहभागिता रहेको पाईएको छ ।

Khadga Memorial And Janajagriti

नेतृत्वका लागि तीन प्यानल मैदानमा उत्रिएका छन । ती प्यानललाई राजनीतिक दलले अघि सारेका छन । काँग्रेसबाट वर्तमान अध्यक्ष नवराज रावल र नेकपाबाट सचिव भैरव रावल अध्यक्षका प्रत्यासी छन । त्यस्तै काँग्रेस र नेकपाबाट असन्तुष्ठ पक्षले सदस्य बलबहादुर खड्काको नेतृत्वमा तेस्रो प्यानल खडा गरेको छ ।

मतदाताले वर्तमान अध्यक्ष र सचिवकाबीच तिब्र प्रतिस्पर्धा हुने आँकलन गरेका छन । उनीहरुले मतान्तर न्यून रहेको बताएका छन ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update