Hamro Patra
सरकारद्वारा १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत

टीकापुर, जेठ १५
सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट आज ल्याएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्षका लागि खर्च र आयको अनुमानित विवरण संसदमा प्रस्तुत गरेका छन् । खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन् ।

संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तियतर्फ १ खर्ब ६७ अर्ब सहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको बताए ।

CMA Staff

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तराष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ । सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।

उनको बजेटले सामाजिक सुरक्षा बढाउने कार्यक्रम ल्याएको छ । गएको फागुनसम्म २८ यस्तो सामाजिक सुरक्षा भत्ता बुझ्ने नेपाली नागरिकको संख्या २८ लाख १४ हजार ८४ जना रहेका छन् । यसबाट राज्यकोषमा समग्रमा २२ अर्ब रुपैयाँ भार थप गर्ने छ । त्यस्तै कर्मचारीको तलब भत्ता तथा सुविधा थप अर्को लोकप्रीय कार्यक्रम हो ।

बजेटका लोकप्रीय कार्यक्रममा अन्य पैसा बाँड्ने खालका थुप्रै कार्यक्रम रहेका छन् । भौतिक पूर्वाधार केही नयाँ धेरै पुरानै यो वर्षलाई अधुरा आयोजना पूरा गर्ने वर्षका रूपमा लिने बताएको सरकारले यो वर्षको बजेटबाट खासै नयाँ परियोजना अघि सारेको छैन ।

स्रोत अभावका कारण पुरानै आयोजना पूरा गर्नेतिर सरकारको ध्यान केन्द्रित भएको छ । यसमा केही नयाँ सुरुङ मार्ग अघि बढाउने भनिएको छ । पुल, सम्मेलन केन्द्र, स्मार्ट सिटी जस्ता पुरानै पुरा नभएका आयोजनालाई निरन्तरता दिएको छ ।

उद्योगी व्यवसायीलाई स्किम सरकारले विकास लागि सरकारभन्दा पनि निजी क्षेत्रको लगानी महत्वपूर्ण हुने भन्दै व्यवसायीहरूलाई विभिन्न स्किम दिएको छ । बजेटमार्फत नयाँ व्यवसाय गर्नेलाई कर छुटदेखि जग्गा उपलब्ध गराउनेसम्मको घोषणा गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update