Hamro Patra
विवेकशील साझाको जलयात्रा सम्पन्न
Khadga Memorial And Janajagriti

टीकापुर, २१ चैत
विवेकशील साझा पार्टीका कार्यकर्ताको टोली करिव पाँच सय किलोमिटर जलयात्रा पछि आज टीकापुर पुगेको छ । चैत १७ गते बिहान डोटीस्थित सेती नदीबाट सुरु भएको जलयात्रा टीकापुरको खक्रौला पुगेर समापन भएको छ ।


पार्टीका सुदूरपश्चिम प्रदेश अभियान विभाग प्रमुख विनोद मल्लको नेतृत्वमा रहेको ६ सदस्यीय टोलीले शान्ति र सम्वृद्धिको नारा बोकेर जलयात्रा गरेको थियो । टोली नेता मल्लले जलयात्राका माध्यमबाट पर्यटन विकास सम्भव छ भन्ने सन्देश समेत दिन खोजेको बताए ।


टोलीलाई विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले स्वागत गरेका छन । उनले पर्यटन प्रवद्र्धनका क्षेत्रमा कार्यकर्ताहरुले देखाएको उत्साहपूर्ण भूमिकाको प्रशंसा गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update