Hamro Patra
कैलाली –१ को क मा काँग्रेस ब्याक, माओवादीबाट ज्ञवालीको सम्भावना

टीकापुर, असोज २२
कैलाली क्षेत्र नं. १ प्रदेश क मा गठबन्धनले काँग्रेसलाई ब्याक गरेर माओवादीलाई अघि सार्ने भएको छ । संघ र प्रदेशको दुवै क्षेत्रमा काँग्रेसको उम्मेदवार हुँदा जित्न सहज नहुने निष्कर्ष सहित गठबन्धनले यस्तो निर्णय गरेको हो ।

यसअघि गठबन्धनले संघमा पूर्वमन्त्री राम जनम चौधरी तथा प्रदेश क मा बुद्धिसागर चौधरी र प्रदेश ख मा रणबहादुर रावललाई अघि सार्ने सहमति गरेको थियो । तीनैजना काँग्रेसबाट मात्रै उम्मेदवार हुने भएपछि गठबन्धन भित्रै भएको समिक्षाले कमजोर आँकलन गरेको स्रोतले जानकारी दिएको छ ।

Khadga Memorial And Janajagriti

काँग्रेसको तर्फबाट प्रदेश क को उम्मेदवारका रुपमा अघि सारिएका बुद्धिसागर चौधरीले यस बारेमा जानकारी नभएको बताए । उनले आफूलाई अहिलेसम्म उम्मेदवारीका लागि तयारी रहन भनेको बताए ।

माओवादी कैलाली इञ्चार्ज हरि ज्ञवालीले प्रदेश क आफ्नो पार्टीको भागमा परेको जानकारी आएको बताए । उनले कसलाई अघि सार्ने भन्ने बारेमा छलफल भैरहेको जानकारी दिए ।

स्रोतका अनुसार माओवादीले ज्ञवालीलाई नै अघि सार्ने तयारी गरिरहेको छ । उनले भने यस बारेमा आफू तयारी अवस्थामा नरहेको बताए । उनले पार्टीले अघि सार्ने कुरा आफू कहाँ पनि पुगेको बताए ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update