Hamro Patra
क्रिकेट प्रशिक्षक संघको अध्यक्षमा टमट्टा

टीकापुर, जेठ १५
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमट्टाको अध्यक्षतामा नेपाल क्रिकेट प्रशिक्षक संघ गठन गरिएको छ ।

क्रिकेट प्रशिक्षकहरुलाई समेटेर पहिलो पटक टमाट्टाको अध्यक्षतामा १४ सदस्यीय कमिटी गठन भएको हो ।

Khadga Memorial And Janajagriti

कमिटीले क्रिकेट प्रशिक्षकको हकहितमा काम गर्ने बताइएको छ । यो कमिटीले ६ महिना भित्र संघको साधारणसभा गर्नेछ । संघको उपाध्यक्षमा राजु बस्न्यात, सचिबमा बसन्त शाही र कोषाध्यक्षमा कैलाश बिष्ट छन् ।

यस्तै सदस्यमा सामसन जंग थापा, शेरबहादुर लामा, निरा राजोपाध्याय, मनोज कटवाल, प्रकाश शर्मा, ज्ञानेन्द्र क्षेत्री र रिजन प्रिजु रहेका छन् । संघको सल्लाहकारमा उपेन्द्र भट्टराई, अरुण अर्याल र सुनोज भट्टराई रहेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update