Hamro Patra
दसैं र दुर्दशा

१२ महिना जनताले के खार खाद्य अखाद्य शुद्ध ताजा पानी र खान पिउन पाए कि पाएनन् ? चाल नपाउने सरकार पो चलाउँदै छन् । आम जनताको दैनिकी भान्सा अचाक्ली अस्वभाविक मूल्यवृद्धिको महङ्गिले चुलो नबल्ने स्थितिमा छ । राज्यशक्तिको दुरुपयोग लाभको पदमा ओत लागेकालाई के थाहा ? सुविधा भोगी सधैं पद सत्ता र शक्तिको आडमा सत्ता दुरुपयोग गर्नेलाई पीर मर्का दु:ख कष्ट भन्ने कुरा के थाहा ?

दु:ख के हो पीडा कस्तो हुन्छ:चप्पलको तुना चुटेर डोरी बाधेर लगाउने गुन्याउ चोली पटुका कट्टु धोतीमा टालो हालेर लगाउनेलाई मात्रै थाहा हुन्छ । अस्पतालको शैयामा छट्पटी गरेको पैसा नभएर उपचार अप्रेसन औषधि किन्न नपाई भौतारिएका थाहा हुन्छ गरिबी के हो नकि तिनको भोट लिएर शासक बन्ने संविधान नियम कानुन नमान्ने भ्रष्टाचार गरेका सरकारी सुविधाको चरम दुरुपयोग गरेका जिम्मेवारी नैतिकता हराएकालाई । अघिपछि मतलब नराख्ने चुनावकताका तिहार चाडपर्वमा धेरै होहल्ला जुरमुराउनु आदेश दिने केके न जस्तो ।

राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव द्वन्द युद्धको प्रत्यक्ष अप्रत्यक्ष मार खेप्नुपरेको दुख छदैछ । आर्थिक मन्दी व्यापार घाटा जनयुद्धको घाउ निको नहुँदै कहिले राजनीति व्यवस्था परिवर्तन बन्द हडताल नाकाबन्दी कहिले भूकम्प त कहिले बाढी पहिरो डुबान कोरोना डेंगी झाडापखाला इन्सफ्लाइटिस मलेरिया रुघाखोकी भाइरल ज्वरो जस्ता दर्जनौं सर्ने नसर्ने रोग जीवाणुबाट र राजनीति अस्थिरता कुशासन दण्डहीनता प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपाली जनता पीडित छन् । शिक्षा स्वास्थ्य उत्तिकै महङ्गो छ । पाठ्यसामग्री शैक्षिक सामग्रीको मूल्य कसैले हेर्दैनन् । मल चिनी नुन तेलमै फोहोरी राजनीति विरोध समर्थ नाराबाजी होहल्ला गर्छन् । समस्य कहाँ छ त्यतातिर ध्यानै जाँदैन । वा दिन चहादैनन् ।

Khadga Memorial And Janajagriti

नेपालमा स्वास्थ्य उपचार यति खर्चिलो छ भनेर साध्य छैन । त्यसैमा दैनिक उपभोग्य सामानमा भएको अचाक्ली मूल्यवृद्धिले झनै जनजीवन सार्वजनिक यातायात इन्धनको अभाव रासायनिक मलको अभाव हुँदा जनताको दिनचर्या कसरी गुज्रियो होला ख्याल नगर्ने जनप्रतिनिधि र सरकारले देखाएको उदासीनता जनताप्रति गैरजिम्मेवारी जनउत्तरदायी बन्न नसक्ने सरकार दसैंको मुखमा र चुनाव नजिक धेरै चुरिफुरी गरेको देख्दा दिक्क लाग्छ ।

पाल्लु पर्ने यहाँ एउटा मात्रै सरकार छ र तीन तीन तहका सरकार छन, ती एकआपसमा अधिकार नपाएको गुनासो मै सयय बर्बाद गर्दैछन।जनताको करतिर्ने सेवा सुविधा दिने सुविधाको लागि बनाएका सरकार उल्टै सुविधाभोगी छन् ।गाउँगाउँमा ल्याएका सिंहदरबार आफ्नै विलासी जीवनशैली सबै आफू राजा बन्नेतिर मात्र अग्रसर छन् ।

जनता दु:ख जहाँकोत्यहीँ जस्ताको त्यस्तै छ।यत्तिको काम त स्थानीय जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले पनि गरेकै हुन्थे।केही फरकपन नभएको आफ्नै दुनोसोझो पार्ने उल्लेखनीय काम नभएको करले थेग्नै नसकिने खर्चिला सरकार मात्र भएर परिवर्तनको आभास हुँदैन । जहाँ पनि विकृति फोहरी राजनीति अस्थिरता अशान्ति संक्रमणकाल अध्यारो रात मात्रै । कुनै तह क्षेत्र तप्का अछुतो छैनन् ।

नेपालीहरुका महान चाडपर्वहरु नजिकिदै छन् । जसको लागि स्वदेश तथा विदेशमा लामो समयसम्म परिवार दाजुभाइ आफन्तबाट टाढा भएकाहरु आउने क्रम बढ्दै छ । गाउँ सहरमा बजारमा चहलपहल बढ्दैछ । एकआपसमा भाइचारा अभिवृद्धि गर्ने भेटघाट भलाकुसारी सद्भाव माया मोलाकाज बढाउने सौराई मेट्ने ठूलोबाट आशीर्वाद लिने आफूभन्दा सानोलाई आशीर्वाद दिने रातो अक्षता टीका जमारा भाइटीका दसैं छठ तिहार जस्ता चाडपर्वका चलन परम्परा यी पर्वहरुका विशेषता हुन ।

रोजगारीको अर्थात् अन्य कुनै कामको सिलसिला प्रदेश गएकाहरू मेसो मिलाएर थाकथलो जन्मथलो फर्कने परिवार आफन्त प्रियजन साथीभाइ इष्टमित्र नातागोतासँगको भेटघाट अस्मरणीय संयोग मानिन्छ । गच्छे अनुसार दक्षिणा दिने नयाँ नौलो सफा लुगामा सजिने सगोलमा मिठोमसिनो पकवान खानेकुराहरू खाने चलन छ । रोटेपिङ खेल्ने चङ्गा उडाउने रमाइलो हुन्छ । यतिबेला बाहिरबाट आउने नागरिकहरुलाई गन्तव्य सम्म समयमै पुग्न धेरै अप्ठ्यारो भएको हुन्छ।उनीहरुको समस्य सम्बन्धि निकायले पहल गर्नुपर्ने हुन्छ । कुनै किसिमको बाधा असुविधा नहोस् यात्रा सुखद र रमणीय होस् । देशमा आर्थिक मन्दी छ बजारमा तरलता छ बैंकले लगानी गरिरहेका छैनन् । लामोसमय लकडाउन गर्नाको असर अहिले पर्दैछ ।

सरकारले दशै तिहार छठ जस्ता पर्वलाई मध्यनजर गरी देशका ठूल्ठूला सुगम सहरमा ठाउँमा साल्टट्रेडिङ र खाद्य संस्थाद्वारा सुपथ बजार पनि चलाउने गर्छ।त्यसमा नुन चिनी चामल बेच्ने गरेको पाइन्छ।दुर्गममा होइन,यातायात सुबिधा भएको बडाबडा धनीमानीहरु भएको स्थानमा मात्र।यस्तो सस्तो किनमेल हुनेखानेका लागी मात्रै?अझै काठमाडौ उपत्यका लगायत आसपास खसी बोका च्याङ्ग्रा पनि बेच्ने गर्छ।अरु देशमा के भैरहरको छ भनी सामान्य जानकारी समेत नराख्ने कस्ता जनमुखी सरकारहरू हुन कुन्नि ?

के काठमाडौं उपत्याका लगायत देशका ठूल्ठूला सहरमा बस्ने मान्छे मात्र दसैं मनाउने गर्छन त?यो साल सुदूरपश्चिममा त्यो पनि सरकारले जुटाउन नसक्ने अवस्था छ। Online billing system लागू गर्दा आफै सरकारले अर्थात साल्ट्रेडिङ्ग कर्पोरेसनले दैनिक उपभोग्य सामान खरिद गर्न नसकेको भनेर पन्छिनु लाजमर्दो कुरा हो । सार्वजनिक खरिदमा भ्रष्टाचार अनियमित गरे जस्तो व्यापार भन्सार र उद्योगबाट दशैमा के के न गरेजस्तो जाबो नुन चिनी मा त्यो पनि रु २ रुपैयाँ प्रति केजि छुट दिने अहिले त त्यो पनि दिन नसक्नु लज्जास्पद विषय हो । कुरा ठूल्ठूला गर्ने भासण ठाटेर हुँदैन सरकार !

सरकारको गैरजिम्मेवारी रवैयाले गर्दा खुद्रा व्यापार गर्ने व्यापारीलाई कति हैरान बनाएको छ भने भनी साध्य छैन। व्यापारीलाई सामान खरिद गर्नै मुस्किल झन्झटिलो तरीका बनाएको छ।आफू पनि दिन नसक्ने बाहिरबाट ल्याउन पनि नदिने कसरी चल्छ व्यापार?सस्तो लोकप्रियताको नाममा सरकार र सरकारमा बस्नेहरूले जुँगामा ताउ नाक आकाशमा गरेर मात्र हुदैन । उपभोक्ता मुखी बजारमा मूल्य नियन्त्रण गर्न पूर्ण प्रतिस्पर्धात्मक बजारमा त्यो वातावरण तयार पार्न सक्नुपर्छ।कुन बस्तु कुन ठाउँमा उत्पादन हुन्छ, त्यो बस्तु कुन ठाउँमा खपत हुन्छ सम्मको थाहा नपाउने नियम मात्रै निर्देशन हुकुम दिएर अनावश्यक हल्लाले महङ्गी नियन्त्रण हुँदैन ।

सरकारबाट जनतामा झूट भ्रम अफवाह सिर्जना गर्नु राज्य आतंक हो । पूर्ण प्रतिस्पर्धाले मूल्य बस्तुको उत्पादन उत्पादनमा लागत ढुवानी खपत गुणस्तर मागले मूल्य निर्धारण र नियन्त्रण हुनसक्छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको घटेई छ तर सरकारको स्वामित्वको आयल निगमले मूल्य नघराउनुबाट सरकार जनताप्रति जिम्मेवारी छैन भन्ने स्पष्ट हुन्छ । कि स्वदेशमा उत्पादन हुनुपर्‍यो गर्न सक्नुपर्‍यो नत्र बाहिरबाट ल्याउन दिनुपर्‍यो ।

अस्वभाविक अबैज्ञानिक भन्सार कर र सार्वजनिक खर्च घटाउन नसक्ने खाली नागरिकलाई भन्सार र कर तिर्न बाध्य पार्ने जनता छाक काटेर सकिनसी पेट सुकाएर तिरेको करको आफू खुसी दुरुपयोग गरेर खानेसरकार जनताको दु:खमा कहिल्यै भेट्टिएनन् । उदासीन सरकार,भ्रष्ट नेता चोर नेता भ्रष्टशैली सुधार्न नसक्नेहरू भन्ने आरोप त लाग्ने नै भयो । सरकारमा हुँदा अहमता भन्ने नै भए।ढंग छैन या! ऊ! गरेर अरुलाइ दोष देखाएर चोखिनु पनि सरकार हुन्छ र?

टीकापुर १, कैलाली

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update