Hamro Patra
खानेपानीमा तीन प्यानल मैदानमा

टीकापुर, जेठ १४
टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाको नेतृत्वका लागि राजनीतिक दलहरु प्यानल सहित मैदानमा उत्रिएका छन । मुख्यगरी नेकपा र काँग्रेसले संस्थाको नेतृत्वका लागि दौडधुप गरिरहेका छन ।

काँग्रेसले वर्तमान अध्यक्ष नवराज रावललाई अघि सारेको छ भने नेकपाले सचिव भैरव रावललाई अघि सारेको छ । काँग्रेस र नेकपाबाट असन्तुष्ट केही व्यक्तिहरुले सदस्य बलबहादुर खड्काको नेतृत्वमा अर्को प्यानल खडा गरेका छन । उनीहरुले आफूलाई स्वतन्त्र दावी गरेका छन ।

Khadga Memorial And Janajagriti

काँग्रेसले अघि सारेको प्यानलमा उपाध्यक्ष तेजबहादुर चौधरी, सचिव नरेशकुमार केसी र कोषाध्यक्ष संगम शाह रहेका छन । त्यस्तै नेकपाको प्यानलमा उपाध्यक्ष गोपी जैशी, सचिव सुरतबहादुर कुँवर र कोषाध्यक्ष विशराम थारु रहेका छन । स्वतन्त्र भनिएको खड्का नेतृत्वको प्यानलको उपाध्यक्षमा तर्क रेग्मी, सचिवमा तुल्सी चौधरी र कोषाध्यक्ष नरबहादुर शाह चुनावी मैदानमा छन ।

त्यस्तै उपाध्यक्षमा उदयराम अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै ५ सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको छ ।

आगामी तीनवर्षे कार्यकालका लागि यही जेठ १६ गते हुने निर्वाचनमा ८०२ जना मतदाताले मतदान गर्नेछन ।

राजनीतिक दलको हस्तक्षेपले खानेपानी आयोजनाको भविष्य के हुने भन्ने बारेमा उपभोक्ता चिन्ता व्यक्त गर्न थालेका छन । कतिपय उपभोक्ताहरुले यो पटक समेत सहमतिकै आधारमा समिति चयन हुनुपर्ने माग गरेका थिए । राजनीतिक दलहरुले आ–आफ्ना प्यानल सार्वजनिक गर्न थालेपछि निर्वाचनको माहौल बनेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update