
टोप प्रकाश वि.क.
मोहन्याल, जेठ १२,
कैलालीको पहाडी मोहन्याल गाउँपालिका-७ मा बाघले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय लोकेन्द्रबहादुर शाहीले दिएको जानकारी अनुसार वडा नं.७ का ज्योतीनगर, माल्चाना, चनौटे, कोसेनीलगायतका ठाउँमा बाघले आतंक मच्चाएपछि स्थानीय त्रसित बनेका हुन्।
शाहीका अनुसार १० दिनको अवधिमा बाघले ती गाउँबाट ३० वटा बाख्रा खाइदिएको छ।दिउँसोमा समेत बाघले पशुचौपाय खान थालेपछि स्थानीय त्रसित बनेको शाहीले बताए।
बाघले स्थानीय मनबहादुर शाहीका ६ वटा बाख्रा, रामबहादुर शाहीका ३ वटा बाख्रा, बालाराम जोशीको एउटा बाख्रा, बिष्णु बहादुर शाहीका २ वटा बाख्रा र भरत जोशीका २ वटा गोरु र एउटा बाच्छोलाई बाघले खाइदिएको छ।
यस्तै रणबहादुर शाहीका १६ वटा बाख्रा, भगीरथ जैशीका दुई बाख्रा र जनक देवकोटाको एउटा बाच्छो मारेपछि स्थानीय त्रसित बनेका हुन्। बाघले दिनमै आतंक मच्चाउन थालेपछि वडाअध्यक्ष खरप्रसाद अधिकारीले बाघ नियन्त्रणका लागि प्रशासनसँग पहल भइरहेको बताए।