
टीकापुर, असोज ५
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने लम्कीचुहा नगरपालिका र गोदावरी नगरपालिकाका नगर प्रमुखसहित ३५ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
तोकिएको समयावधिभित्र खर्च विवरण नबुझाउने कैलालीका विभिन्न नगरपालिकाका ३५ प्रमुख पदका उम्मेदवार र २७ जना उपप्रमुख पदका उम्मेदवारलाई आयोगले सूचना प्रकाशित गरी जरिवाना तोकेको हो ।
निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन खर्च विवरण नबुझाउने प्रमुख र उपप्रमुख पदका उम्मेदवारले जनही ४ लाख ५० हजार रुपैयाँ बुझाउन भनिएको छ ।
आयोगले सूचनामा ‘स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा विलम्ब गरी बुझाउने उपर निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार हुने गरी सोही ऐनको दफा २६ को उपदफा (१) बमोजिम जनही ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठर्हछ’ भनेको छ ।
आयोगमा खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित उम्मेदवारहरु रहेका छन् । कैलालीका ६ वटा नगरपालिकामा प्रमुख पदका उम्मेदवार र उप प्रमुख पदका उम्मेदवार रहेका छन् ।
लम्की चुहा नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका सुशीला शाही, नेकपा एमालेका महादेव बजगाईले समेत खर्च विवरण बुझाएका छैनन् । शाही लम्की चुहा नगरपालिकाकी निर्वाचित नगर प्रमुख हुन् भने बजगाईं निवर्तमान नगर प्रमुख हुन् । स्वतन्त्र उम्मेदवार उदयराम भाट, दिपक रावल, नेपाल लोकतान्त्रिक पार्टीका देशराम चौधरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका धर्मराज जैशी, राष्टिय प्रजातन्त्र पार्टीका मदनराज उपाध्याय, नागरिक उन्मुक्ति पार्टीका महेन्द्र उपाध्यायलाई जरिवाना तोकिएको छ ।
त्यस्तै नगर उपप्रमुख पदका उम्मेदवार नेकपा एमालेका जुना चौधरी, जनता समाजवादी पार्टीका जानकी उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जानकी कुमारी सिंह, स्वतन्त्र पुष्पा शाही, राष्टिय प्रजातन्त्र पार्टीका भाजना शाहलाई समेत जरिवाना तोकिएको छ । चौधरी लम्की चुहा नगरपालिकाकी निर्वाचित उपप्रमुख हुन् ।
उता, गोदावरी नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका वीरेन्द्र भट्ट, स्वतन्त्र टेकबहादुर बि.क., राट्रिय प्रजातन्त्र पार्टीका दुुर्गा कुमार पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका फकल चौधरी, स्वतन्त्र मिने मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीका राम बहादुर रावल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विक्रम विश्वकर्मा, राट्रिय जनमोर्चाका हरिकृष्ण पाण्डेयलाई जरिवाना तोकिएको छ । जरिवाना तोकिएका भट्ट गोदावरी नगरपालिकाका निर्वाचित नगर प्रमुख हुन् ।
त्यस्तै उपप्रमुख पदका उम्मेदवार राट्रिय जनमार्चाका कल्पना बराल, राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमादेवी विष्ट, नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादीे) का रत्ना कडायत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी पार्टी)का रिता खड्कालाई समेत जरिवाना तोकिएको छ ।
खर्च विवरण नबुझाउनेमा टीकापुर नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका नवराज रावल, नेकपा एमालेका श्याम खत्री,
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपाल कर्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोबिन्द रिमाल, जनता समाजवादी पार्टी नेपालका धरम बहादुर (घर्ती) मगर रहेका छन् । त्यस्तै नेपाल लोकतान्त्रिक पार्टीका प्रेम बहादुर चौधरी, स्वतन्त्र उम्मेदवार लोकबहादुर बुढाक्षेत्रीले समेत आयोगमा खर्च विवरण बुझाएका छैनन ।
त्यस्तै टीकापुर नगरपालिकाको उपप्रमुख पदका उम्मेवार नेकपा एमालेका उपमादेबी के.सी., नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मा, नेपाल लोकतान्त्रिक पार्टीका पार्वती चौधरी, जनता समाजवादी पार्टी नेपालका पिन्की कामी, स्वतन्त्र उम्मेदवार मायादेवी जैसी, राष्टिय प्रजातन्त्र पार्टीका सरस्वती बोहरा र संघीय लोकतान्त्रिक राष्टिय मञ्चका सुनिता विश्वकर्मा रहेका छन् ।
आयोगले जरिवाना तोकेकाहरुमा घोडाघाडी नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका निरज कुमार मल्ल, नागरिक उन्मुक्ति पार्टीका पे्रम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका मनोज लुहार, राट्रिय जनमार्चाका मेर्जन बहादुर शाही र स्वतन्त्र उम्मेदवार विष्णु प्रसाद उपाध्याय रहेका छन् ।
त्यस्तै उपप्रमुख पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का करुणा देवी बटाला, नागरिक उन्मुक्ति पार्टीका कलौटी देवी चौधरी, नेपाली काँगे्रसका गुलिया कुमारी चौधरी, स्वतन्त्र राजेश हमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी कुमारी चौधरी र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का सिता कुमारी थारुलाई जरिवाना तोकिएको छ ।
यता, भजनी नगरपालिकाका नगर प्रमुख पदका उम्मेवार नेपाल लोकतान्त्रिक पार्टीका एञ्जल चौधरी, राष्टिय प्रजातन्त्र पार्टीका राजकुमार चौधरी, जनता समाजवादी पार्टीका लक्षीराम चौधरी, नेपाल कम्प्युनिष्ट पार्टी माओवादी केन्द्रका शेरबहादुर चौधरीलाई जरिवाना तोकिएको छ । शेरबहादुर चौधरी निवर्तमान नगर प्रमुख हुन् ।
त्यस्तै उपप्रमुख पदका उम्मदेवार जनता समाजवादी पार्टीका कमला ढुंगाना, नेपाली काँग्रेसका गोकेन्द्र भण्डारी, राष्टिय प्रजातन्त्र पार्टीका शारदा शाह मल्ललाई जरिवाना तोकिएको छ ।
त्यस्तै गौरीगंगा नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम सिंह सिङाल, स्वतन्त्र भानबहादुर ठगुन्ना, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवास कुवारलाई समेत जरिवाना तोकिएको छ ।
जरिवाना तोकिएका उपप्रमुख पदका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला बोहरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शान्ती देवी सिंह रहेका छन् ।