Hamro Patra
सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक
Khadga Memorial And Janajagriti

टीकापुर, असोज ५
धनगढीमा हुने सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ । असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा हुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो ।
प्रतियोगिता हुने स्थान धनगढी रंगशालामा एक कार्यक्रमबाट बिच ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ । पिएफए स्पोटर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने ७ वटा प्रदेशका टोली र एक घरेलु टोली गरी ८ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश रातो र कणर्ाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । सार्वजनिक भएको खेल तालिका अनुसार असोज ८ गते हुने उद्घाटन खेलमा दुबै प्रदेश खेल्ने भएका हुन् । सुदूरपश्चिम प्रदेश रातो, कणर्ाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ समुह ए मा रहेका छन् । समुह बी मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम निलो रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख उप विजेताले नगद ३ लाख प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै सह-प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ । हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको चौथो संस्करण हो ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update