
टीकापुर, जेठ १२
सेन्चुरी बैंक टीकापुर शाखाले टीकापुर नगरपालिका–२ सीतापुरस्थित जनजागृती माविलाई २ थान कम्प्युटर प्रदान गरेको छ । उसले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयलाई सहयोग गरेको हो ।
बैंकका शाखा प्रबन्धक नगेन्द्र कोइरालाले वडाध्यक्ष प्रकाश बुढामार्फत विद्यालयलाई कम्प्युटर प्रदान गरेका हुन । बैंकले प्रदान गरेको कम्प्युटर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज देवकोटा र प्रधानाध्यापक ललिता शाहीले बुझेका छन ।
सो अवसरमा बोल्दै शाखा प्रबन्धक कोइरालाले बैंकले केवल नाफा मात्रै कमाउदैनन् सामाजिक कार्यमा समेत योगदान पु¥याउछन भन्ने धारणाको विकास गर्न यस्ता कार्यमा जोड दिईएको बताए ।
बैंकले चालु आर्थिक वर्षमा यसअघि जानकी गाउँवालिकास्थित जनता मावि मुनुवामा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, टीकापुर नगरपालिकास्थित खड्ग स्मृति माविमा खेलकुद सामाग्री र बर्दगोरीया गाउँपालिकास्थित सहारा घरमा टहरा निर्माण गरेको छ ।