Hamro Patra
खानेपानी आयोजनाको उद्घाटन

टीकापुर, जेठ १२
तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको आइतवार उद्घाटन सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले एक सकारोहकाबीच आयोजनाको उद्घाटन गरेकी छन ।

उनले आयोजनाको उद्घाटन गर्दै सरकार सबै नागरिकले स्वच्छ पिउने पानी पाउने कुरामा गम्भीर रहेको बताईन ।

Khadga Memorial And Janajagriti

मन्त्री मगरले सरकार देशैभरका खानेपानी आयोजनाको अध्ययन गरेर तिनको स्तरोन्नती गर्ने योजनामा रहेको जानकारी दिईन ।

सोही कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सरकार प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले खानेपानी आयोजना टीकापुरको गौरवको आयोजनाका रुपमा स्थापित भएको बताए ।

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रममा आयोजना निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै निर्माण सुपरिवेक्षण इन्जिनियर झोलाप्रसाद चौधरीलाई अभिनन्दन गरिएको छ । मन्त्री मगरले चौधरीलाई दोसल्ला ओढाएर अभिनन्दन गरेकी छन ।

यो आयोजना २०७२ मंसिरबाट निर्माण सुरु भएको हो । आयोजनाले ५५ हजार ७५० उपभोक्तालाई २४ सै घण्टा पानी उपलब्ध गराउने लक्ष्य राखेको छ । जसका लागि १५ लाख ७५ हजार लिटर क्षमताका ४ वटा ट्याङ्की निर्माण गरिएका छन ।

हाल संस्थाको उपभोक्ता संख्या ६ हजार ३३६ रहेको छ । संस्थाले उपभोक्ता मध्ये ५ हजार ८०१ घरमा धारा जडान भैसकेको जानकारी दिएको छ । आयोजनाले टीकापुर नगरपालिकाका १,२,३,४ र ५ नम्बर वडाका बासिन्दालाई खानेपानी सुविधा पु¥याएको छ ।

यो आयोजनाको कुल लागत मध्ये ५ प्रतिशत उपभोक्ताले व्यहोरेका छन । २५ प्रतिशत नगर विकास कोषको ऋण र ७० प्रतिशत रकम एशियाली विकास बैंकको अनुदानमा नेपाल सरकारले उपलब्ध गराएको छ । नगर विकास कोषको ऋण नगरपालिकाको जमानीमा संस्थाले प्राप्त गरेको हो । सो ऋण रकम आयोजना सञ्चालनमा आएपछि संस्थाले क्रमिक रुपमा तिर्दै जानेछ ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update