Hamro Patra
बियर खुवाएर सामुहिक बलात्कार

टीकापुर, भदौ २७

कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाको सुख्खडमा सामुहिक बलात्कारको शिकार भएकी १५ वर्षीया किशोरीलाई उनकै चिनजानका साथीले बियर ख्वाएर सामुहिक बलात्कार गरेको खुलासा भएको छ ।

भदौ २१ गते राति चिनजानका साथीहरुले खाजा खान होटलमा लगेर बियर खुवाई सामुहिक बलात्कार गरेको खुलासा भएको हो ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीका अनुसार गौरा पर्वको अवसरमा आयोजित देउडा हेर्न गएकी ती किशोरीलाई खाजा खान जाऊ भन्दै होटलमा लगेर बियर खुवाएर सामुहिक बलात्कार गरेका थिए ।

किशोरीले प्रहरीलाई दिएको जाहेरीका आधारमा प्रहरीले सामूहिक बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका वडा नं. १ का १८ वर्षीय हिमाल सापकोटा, २० वर्षीय एसु सापकोटा र घोडाघोडी नगरपालिका वडा नं. २ बस्ने १८ वर्षीय बसन्त बिष्टलाई पक्राउ गरेको छ ।

प्रहरीका अुनसार घटनामा संलग्न रहेका एक जना आरोपी फरार छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

देउडा हेर्ने ठाउँमा भेटिएका मध्ये दुई जना पीडित किशोरीसँग पूर्व चिनजानका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीमा दिएको जाहेरी अनुसार देउडा हेरिरहेका बेला चिनजानकै एकजनाले पीडित किशोरीलाई अर्की एक साथीसँगै होटलमा खाजा खाना भनेर लिएका थिए । खाजा खाने बेला ती किशोरीलाई बियर खुवाइएको थियो । आफ्नो घर नजिकै पुगेपछि किशोरीकी साथी छुटिएर घर हिँडेकी   थिइन् ।

प्रहरीका अनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एक जनाले राति भइसकेकाले आफ्नै घरमा बस्न कर गरेका थिए ।

ती किशोरको आग्रह स्वीकार गर्दै ती किशोरी युवकको घरमा गएकी थिइन् । किशोरीलाई बाहिरबाट ढोका थुनेर अरु तीन जना साथीहरु बोलाएर पालैपालो बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

आत्महत्याको प्रयास

डीएसपी जोशीका अनुसार ति किशोरीले भोलिपल्ट साथीलाई घटनाबारे बताएकी थिइन् । उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरे पनि बदनाम हुने भन्दै भदौ २३ गते आत्महत्या गर्न स्यानिटाइजर पिएकी थिइन् ।

स्यानिटाइजर पिएर बाटोमा बेहोस् अवस्थामा भेटिएकी उनलाई सुख्खड प्रहरीले उपचारका लागि घोडाघोडी अस्पताल पुगाएपछि घटना बाहिरिएको हो ।

किशोरीले आत्महत्या गर्ने प्रयास गरेपछि उनका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । अस्पतालमा उपचारपछि उनको होस् खुल्दा उनले आफूमाथि घटेको घटनाबारे बताएकी थिइन् ।

त्यसपछि चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती किशोरीका तर्फबाट इलाका प्रहरी कार्यालय सुख्खडमा भदौ २३ गते नै जाहेरी दर्ता भएको थियो । आरोप लागेका चार जनामध्ये तीन जनालाई प्रहरीले २४ गते नै पक्राउ गरिसकेको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डिएसपी लक्ष्मण शाहीले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update