Hamro Patra
साफ महिला फुटबलमा नेपाल-श्रीलंका भिड्दै

टीकापुर, भदौ २७

महिला साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्दैछन्। खेल बेलुका साढे ५ बजे काठमाडौंको दशरथ रंगशाला काठमाडौंमा सुरु हुनेछ। श्रीलंकाले पहिलो खेल भुटासँग हारेको थियो भने नेपालले भुटानलाई हराएको थियो।

सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूणर् रहेको छ। यसअघि भुटानले श्रीलंकालाई ५-० गोलले हराएरको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ।

नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि सेमिफाइनल पुर्‍याउन सक्छ। समूह ए बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update