Hamro Patra
खानेपानी आयोजना र नेतृत्वको भूमिका

योगेश रावल
यतिबेला टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनको चर्चा छ । मुख्य गरी वर्तमान अध्यक्ष नवराज रावल र सचिव भैरव रावल नेतृत्वको दावेदारीमा उभिएका छन । दुवै जनालाई उनीहरु सम्वद्ध राजनीतिक दलले उभ्याएका छन । खानेपानी आयोजनालाई यो उचाईसम्म पु¥याउन अग्रणी भूमिका खेल्नेहरु नै नेतृत्वका लागि आमनेसामने उभिने तयारी हुँदै गर्दा केही कुरा लेख्न वाध्य भए ।

धेरै व्यक्तिले यो आयोजना कसरी यहाँसम्म पुग्यो भन्ने बारेमा धेरै कुरा जान्नु भएको छ । कतिले आयोजनालाई यहाँसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । टोल टोलमा उपभोक्ताका घरघरमा गएर पैसा माग्दै हिड्ने ती वृद्ध अनुहारहरु सम्झिरहेको छुँ । पैसा माग्दा कतिपयले तपाईहरुलाई गरेको दुव्र्यवहारको म साक्षी हुँ । तैपनि तपाईहरुले हिम्मत हार्नु भएन । आज आयोजना यो स्तरसम्म पुगेको छ ।

म २०७१ को तिहार पछि धनगढी छोडेर टीकापुर फर्किए । म टीकापुर आउँदा खानेपानी आयोजना निर्माणको चर्चा सुरु भैरहेको थियो । कति जना खानेपानीलाई सहयोग गर्न तयार थिए भने कति जना असहयोग समेत गरिरहेका थिए । सहयोग गर्नेहरुको एउटै उद्देश्य टीकापुरका मान्छेले शुद्ध पानी पिउन पाउँन भन्ने थियो । असहयोग गर्नेहरुको उद्देश्य के थियो थाहा छैन । तरपनि उनीहरु आयोजनालाई सहयोग गर्ने व्यक्तिहरुलाई हतोत्साहित गरिरहेका हुन्थे । यी कुरा मैले आफ्नै आँखाले देखेको छु ।

Khadga Memorial And Janajagriti

आयोजना अघि बढाउन ठूलो समस्या थियो । त्यो हो जनताको आर्थिक सहभागिता । आयोजनामा ७० प्रतिशत अनुदान दिएको एशियाली विकास बैंकले ५ प्रतिशत रकम ग्राहकबाट अनिवार्य उठाउन शर्त राखेको थियो । बाँकी २५ प्रतिशत रकम नगरपालिकाको रोहबरमा नगर विकास कोषले ऋण दिने प्रावधान थियो । आयोजना अघि बढ्नका लागि ६ हजार ७२० जना ग्राहक बनेको हुनुपथ्र्यो । जसका लागि ५ करोड भन्दा बढी रकम जम्मा हुनुपथ्र्यो । केही महिना बितिसकेको थियो । आयोजनासँग १ हजार ४०० मात्रै ग्राहक थिए । यो अवस्थामा आयोजना अघि बढ्नु निकै चुनौतीपूर्ण थियो ।

तरपनि आयोजनाको नेतृत्व गरेका व्यक्तिहरुले हारे मानेनन् । सहयोग गर्नसक्ने सम्भावित व्यक्तिहरुलाई व्यक्तिगत र सामुहिक भेटघाट तिब्र पारे । यही क्रममा म आयोजनाको नेतृत्वसँग जोडिए । मित्र रामबहादुर भण्डारीले टीकापुरस्थित फूलबारी एफएम पाँच वर्षका लागि भाडामा लिएका थिए । त्यसको सञ्चालनको सबै जिम्मेवारी मलाई सुम्पेका थिए । मैले रेडियोलाई आयोजना निर्माणमा सहयोग पु¥याउन प्रयोग गरे । हरेक व्यक्तिहरुलाई रेडियोमा जोडे । उनीहरुका कुरा राखे । टोलटोलबाट नेतृत्व गर्ने धेरै व्यक्तिहरुलाई रेडियोबाट सहयोगका लागि आह्वान गर्न लगाए । मेरै कारणले माहौल सकारात्मक बनेको त म भन्दैन । तर केही हदसम्म भूमिका खेलेको दावी गर्नसक्छु ।

यतिले मात्रै ५ करोड भन्दा बढी रकम संकलन गर्नु नेतृत्वका लागि सहज थिएन । एशियाली विकास बैंकले रकम जम्मा गर्न दिएको समयसीमा सकिदै थियो । ग्राहक बन्ने क्रमले खाशै गति लिन सकेको थिएन । तैपनि नेतृत्वले सबै ग्राहक बनिसकेको रेकर्ड बैंकलाई पठायो । अब बैंकको खातामा रकम जम्मा गर्नुपर्ने भयो । जबसम्म उपभोक्ताको ५ प्रतिशत रकम खातामा जम्मा हुँदैन तबसम्म सम्झौता नहुने देखिन्छ । यदि समयमा सम्झौता हुन नसके आयोजना अन्त सर्ने निश्चित थियो । यो बेलामा नेतृत्व निकै दवावमा थियो । तैपनि उसले उपभोक्ताका तर्फबाट जम्मा गर्ने सबै रकम बैंकको खातामा जम्मा ग¥यो । यो रकम कसरी ? कहाँ ? बाट जम्मा गरियो भन्ने बारेमा उल्लेख नगर्दा उचित होला । किनकी नेतृत्वले उठाएको त्यो जोखिम केही हदसम्म कानूनसम्मत थिएन । जनतालाई पिउने पानीको आयोजना सफल गर्न नेतृत्वले गरेको त्यस कामको जानाजान विरोध नगरेको हुँ । एक सञ्चारकर्मीले कानून विपरित भएको कामको विरोधमा आफ्नो पेशागत भूमिका निर्वाह नगरेकोमा नैतिक जिम्मेवारी जति लिनुपर्ने हो त्यो भन्दा दोब्बर लिन तयार छुँ । किनकी खानेपानी आयोजना अन्त कतै सरेको हेर्न सक्दैन थिए । यसका अलावा नेतृत्वले केही व्यक्तिहरुसँग ऋण समेत लिएको थियो ।

२०७२ जेठ २७ गते आयोजनाको नयाँ नेतृत्व चयनको घडी आयो । आयोजनालाई विफल बनाउन सकृय केही व्यक्तिहरुले त्यतिबेला पनि अध्यक्ष र सचिवलाई आपसमा भिडाउने प्रयास गरेका थिए । आयोजना निर्माणको क्रममा रहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्ने कुरामा जिम्मेवार दुवैजनाले त्यस्ता व्यक्तिका उक्साहटलाई वेवास्ता गरे । आयोजना विरोधी ती व्यक्तिहरुले बलबहादुर खड्कालाई अघि सारे । अन्ततः खड्का समेत आयोजनालाई असफल बनाउन खोज्नेहरुको उक्साहटमा लागेनन् । सोही टिमले आयोजनालाई अघि बढायो ।

यो नेतृत्व २०६७ सालदेखीसँगै छ । तत्कालिन समयमा तदर्थ कमिटी गठन गर्न निकै विवाद भयो । झण्डै डेढ दर्जन व्यक्तिहरुले अध्यक्षमा दावी गरे । हरेक पार्टीका आ–आफ्ना उम्मेदवार थिए । यो बिचमा सहमति जुट्न सकेन । सबैले तत्कालिन राजनीतिक संयन्त्रले तदर्थ समितिको टुङ्गो लगाउने आपसी सहमति गरे । राजनीतिक संयन्त्रले टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रहेका नवराज रावललाई अध्यक्षको प्रस्ताव ग¥यो । सचिवको रुपमा सशक्त युवा नेता भैरव रावललाई अघि सारियो । यही टिमले २०७० सालबाट आयोजनाको कामलाई क्रमिक रुपमा अघि बढाउँदै लग्यो ।

मैले नवराज र भैरव रावललाई किन फोकस गरेको भन्दा ती दुईजनाले आयोजनालाई यो उचाईमा पु¥याउन खेलेको भूमिका, निर्वाह गरेको मेहनतको जति धेरै प्रशंसा गरेपनि कम हुन्छ । यी दुईजनालाई सहयोग गर्ने कमिटी भित्रैका अन्य व्यक्तिहरुको भूमिका पनि कम छैन । यसका अलावा टोलटोलमा खटिएका व्यक्तिहरुको भूमिका अझ धेरै महत्वपूर्ण छ । जजसले खानेपानी आयोजना बन्नुपर्छ भनेर सकारात्मक भूमिका खेले ती टीकापुरबासी पनि धन्यवादका हकदार हुन ।

आयोजना अझै पूर्ण भैसकेको छैन । केही प्राविधिक पक्ष बाँकी नै छन । यस प्रति उठेका केही समस्या समाधान गर्नुपर्नेछ । यो जिम्मेवारी अहिलेको नेतृत्वको नै हो । यो नेतृत्व अझै एक कार्यकाल एकसाथ रहेको भए हुन्थ्यो भन्ने मेरो आशय हो । त्यो सम्भव छ कि छैन मलाई थाहा छैन । तर खानेपानी आयोजनाको नेतृत्वका लागि जसरी राजनीतिक पार्टीहरु खुलेयाम मैदानमा उत्रिएका छन यो हामी टीकापुरबासीका लागि दुर्भाग्य हो । जसले खानेपानी आयोजनालाई यहाँसम्म डो¥याए तिनै व्यक्तिहरु आमनेसामने उभिनुले मनमा शंका पैदा भएको छ । कतै खानेपानी आयोजना राजनीतिक खिचातानीले बर्बाद हुने त हैन ? तर त्यसो नहोस् । शुभकामना ।

प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update