Hamro Patra
सात दिने योग शिविर सुरु

टीकापुर, २१ चैत
टीकापुर नगरपालिका वडा नं. ८ मा रहेको दीगो विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बिहिवारदेखी बटनपुरमा सात दिने योग शिविर सुरु भएको छ ।

‘लागु औषध दुव्र्यसनी निराकरण तथा शारीरिक स्वास्थ्यका लागि योग शिविर’ भन्ने नाराका साथ सुरु भएको योग शिविरको टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले एक समारोहकाबीच उद्घाटन गरेका छन ।

Khadga Memorial And Janajagriti

योग शिविरको उद्घाटन गर्दै मेयर रावलले योगका माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने बताए । सो अवसरमा टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्ष दीर्घ ठकुल्ला लगायतको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष गोविन्द कठायतको अध्यक्षतामा भएको योग शिविरमा स्वागत चन्द्र साउँदले गरेका थिए भने सञ्चालन रतन टमट्टाले गरेका थिए । योग शिविरमा योगगुरु पृथ्वी रावल र नरबहादुर कडायतले प्रशिक्षण दिने कार्यक्रम छ । योग शिविर त्रीभुवन माविको खेल मैदानमा सञ्चालन भएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update