टीकापुर, भदौ १६
टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । दुई जनाले प्यानल सहित र एक जनाले स्वतन्त्र (बिना प्यानल) उम्मेदवारी दर्ता गरेका हुन ।
प्यानल सहित उम्मेदवारी दर्ता गर्नेमा वर्तमान वरिष्ठ उपाध्यक्ष चक्रपाणी सापकोटा र महासचिव तपेन्द्र स्वाँर रहेका छन । यसअघिको कार्य समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन ।
सापकोटाको प्यानलमा उपाध्यक्ष उद्योग जगतराज चौधरी, उपाध्यक्ष वाणिज्य कृष्णप्रसाद उपाध्याय बजगाई, महासचिव परमानन्द पाण्डे, सचिव तपेन्द्र कुँवर र कोषाध्यक्ष हरिलाल डगौरा थारु चौधरी रहेका छन ।
सोही प्यानलको सदस्यहरुमा पृथ्वीराज ढुंगाना, प्रकाश उपाध्याय तिमिल्सेना, हेमन्त रावल, बमबहादुर वली, बिनोद शर्मा बरही, दुर्गा साहु, नमराज देवकोटा र हंश रावलले उम्मेदवारी दिएका छन । त्यस्तै महिला सदस्यमा सुश्री पार्वती कुमारी महतो र जनजाति सदस्यमा जीतबहादुर चौधरी पन्छीले उम्मेदवारी दर्ता गरेका छन ।
उता स्वाँर नेतृत्वको प्यानलबाट उपाध्यक्ष उद्योगमा सन्तोष खड्का, उपाध्यक्ष वाणिज्यमा नैनसिँह केसी, महासचिव नवराज रिमाल, सचिव दिपेन्द्र रावल र कोषाध्यक्ष लोकेश साउँदले उम्मेदवारी दिएका छन ।
स्वाँर नेतृत्वको प्यानलको सदस्यहरुमा चित्रध्वज ठकुल्ला चिरन, डम्बरबहादुर कडायत, तपेन्द्र विक्रम सिँह बिष्ट, देवप्रसाद जैशी, नेत्रबहादुर बिष्ट, लालबहादुर चौधरी र हरि कुश्मी रहेका छन । महिला सदस्यमा टीका शाही र जनजाति सदस्यमा बिरुलाल चौधरी भगोरीयाले उम्मेदवारी दिएका छन । भगोरीया यसअघि संघको सदस्य भैसकेका छन ।
प्रकाश शाहले स्वतन्त्र (बिना प्यानल) रुपमा सचिवमा उम्मेदवारी दिएका छन । उनी यसअघिको कार्य समिति निर्वाचनमा सदस्यमा पराजित भएका थिए । त्यस्तै टेकबहादुर सोडारीले कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । उनी वर्तमान कार्य समितिका सदस्य हुन ।
आगामी तीन वर्षका लागि भदौ १८ गते हुने संघको निर्वाचनमा १ हजार १६३ जनाले मतदान गर्ने प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले जानकारी दिए । उनले बिहान ८ बजेदेखी स्थानीय सिटी हलमा मतदान हुने बताए ।