टीकापुर, साउन २९
रेडक्रस सोसाइटी टीकापुरको सभापति लगायतका प्रमुख पदाधिकारीमा सहमति भएको छ । आज भएको सहमति अनुसार सभापतिमा दत्तबहादुर बिष्ट सभापतिमा निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै उपसभापतिमा मीना कुँवर, सचिवमा धर्मराज शर्मा, कोषाध्यक्षमा लालबहादुर रावल र उपसचिवमा टेकराज बिनाडी निर्विरोध निर्वाचित भएको सचिव शर्माले जानकारी दिए । त्यस्तै एक महिला सदस्यमा सिलु खतिवडा निर्विरोध भएकी छन ।
सचिव शर्माका अनुसार उपकोषाध्यक्ष र चार सदस्य पदमा भने आवश्यक भन्दा बढी व्यक्तिको उम्मेदवारी दर्ता भएको छ । उपकोषाध्यक्षमा सञ्जय भण्डारी र अमर रावलको उम्मेदवारी दर्ता भएको छ ।
चार सदस्य पदमा नवराज साउँद, युवराज शर्मा, प्रेम विक, हरिराम चौधरी, नारायण न्यौपाने र चेतन रावलको उम्मेदवारी परेको छ । उपकोषाध्यक्ष र सदस्यमा समेत सहमतिको प्रयास भैरहेको सचिव शर्माले जानकारी दिए ।
साँझसम्म सहमति जुट्न नसके भोलि निर्वाचन हुने बताईएको छ । निर्वाचनमा ९३६ जनाले मतदान गर्नेछन ।