Hamro Patra
टीकापुर खानेपानीमा कति खस्यो मत ?

टीकापुर, साउन २६

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ । टीकापुरस्थित सिटी हलमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार २ शय ६८ मत खसेको छ ।

CMA Staff

सहायक निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले दिएको जानकारी अनुसार विहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म भएको मतदानमा जम्मा २ हजार २ शय ६८ मत खसेको हो । संस्थाको नियमानुसार कुल ५ हजार ३ शय २५ सदस्य मतदानका लागि योग्य भए पनि ४२ दशमलब ५९ प्रतिशत मात्रै मत खसेको छ ।

संस्थाको नेतृत्व चयनका लागि वर्तमान सचिव नरेशकुमार खत्री र प्रकाशबहादुर बुढाथोकी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । बुढाथोकी टीकापुर नगरपालिका वडा नं. २ का निवर्तमान वडाध्यक्ष हुन ।

त्यस्तै खत्री प्यानलबाट सचिवमा चक्र तिमिल्सिना र कोषाध्यक्षमा विश्राम थारु तथा बुढाथोकी प्यानलबाट सचिवमा मनिष बलायर र कोषाध्यक्षमा हिरासिंह बिष्ट र मोतिसिंह खत्री चुनावी मैदानमा उत्रिएका छन् ।

उपाध्यायले दिएको जानकारी अनुसार अबको केहीवेरमै मतगणना प्रक्रिया शुरु हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update