Hamro Patra
सुदूरपश्चिममा कोरोना उकालो, एकैदिन १२१ जनामा संक्रमण

धनगढी, साउन २३
सुदूरपश्चिम प्रदेशमा आज मात्रै थप १२१ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्ला दिनहरुमा यहाँ कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार ९६७ जनाको नमुना एन्टिजेन विधि र ७७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १२१ जनामा संक्रमण फेला परेको हो ।

CMA Staff

कैलालीको सेती प्रादेशिक अस्पतालमा ६७ नमुनालाई पीसीआर परीक्षण गर्दा २२ जना र डडेल्धुराको डडेल्धुरा अस्पतालमा ८ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ ।

यस्तै कञ्चनपुरमा ७९८ नमुना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जना, कैलालीमा २९३ नमुना परीक्षण गर्दा १९, बैतडीमा १३ नमुना परीक्षण गर्दा १ र बझाङमा ३ नमुना परीक्षण गर्दा २ जनामा कोरोना भेटिएको छ । हाल सेती अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update