Hamro Patra
Khadga Memorial And Janajagriti

टीकापुर, जेठ ४
जानकी गाउँपालिकामा आज भएको मोटरसाइकल दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ज्यान जानेमा रामनारायण चौधरी (३२) रहेका छन । उनी मोटरसाइकलमा सवार थिए ।

गाउँपालिकाको बेलापुर सडकखण्डमा से २ प ४२४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल चालक कृष्ण बम (२३) घाईते भएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए । बमलाई थप उपचारका लागि टीकापुर अस्पतालले नेपालगञ्ज रिफर गरेको छ । उनको टाउकोमा चोट लागेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update