Hamro Patra
प्रदेश सरकारले इन्धनमै सक्यो १९ करोड

टीकापुर, साउन २२

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म १९ करोड रुपैयाँ इन्धन खरिदमै खर्च गरेको छ ।

CMA Staff

०७५/७६ देखि ०७८/७९ सम्मको चार वर्ष अवधिमा प्रदेश सरकारका सबै निकायमा गरी कूल १९ करोड ३३ लाख ६० हजार खर्च भएको विवरण प्राप्त भएको छ । खर्च रकम वर्षेनी बढ्दै गएको देखिएको छ ।

जसअन्तर्गत ०७५/७६ मा ३ करोड १७ लाख २३ हजार, ०७६/०७७ मा ४ करोड ६० लाख २९ हजार, ०७७/०७८ मा ४ करोड ७० लाख २१ हजार खर्च गरेको थियो । गएको आर्थिक वर्ष ०७८/०७९ मा सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै दुुई करोड बढि रकम खर्च गरेको पाइएको छ । ०७८/०७९ मा सरकारले ६ करोड ८५ लाख ७६ हजार खर्च गरेको देखिएको छ ।

प्रदेश सरकार अन्तर्गत मन्त्रालयहरु तथा मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुले इन्धन खर्च मनमर्जी खर्च गरिरहेको तथ्यांकबाट पुष्टि हुन्छ ।

अन्तर्राष्टिय रुपमा इन्धनको भाउ वृद्धि भएर हरेक देशले खपत घटाउन उपाय गरिरहेका बेला सुदूरपश्चिममा भने मैफल देखिएको छ । चालु आर्थिक वर्षका लागि पनि सरकारले इन्धनका लागि प्रयाप्त बजेट विनियोजन गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update