जमरा कुलोमा डुबेर बालकको मृत्यु
टीकापुर, साउन २१
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ स्थित जमरा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ ।
एकतानगर शिविरका लाल सिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर शाहीले हाम्रोपत्रलाई दिएको जानकारी अनुसार दिनेश आज १२ बजे जमरा कुलोमा साथीसँगै नुहाउन गएका थिए ।
नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनलाई तत्काल टीकापुर अस्पतालमा पुर्याइएको थियो ।
डिएसपी शाहीका अनुसार उनको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यतिबेला उनका शव टीकापुर अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९ १३:०८
प्रतिक्रिया दिनुहोस्