टीकापुर, साउन १६
टीकापुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको चयनका लागि आगामी भदौ १८ गते निर्वाचन हुने भएको छ । आज बसेको संघको कार्यसमिति बैठकले भदौ गते निर्वाचन गर्ने निणर्य गरेको हो ।
संघको २३ औं वार्षिक साधारण सभाको उद्घाटन सत्र भदौ १० गते गर्ने निणर्य भएको संघका अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिएका छन् । निर्वाचनमा सहभागी हुनका साउन मसान्तसम्म सदस्यता नवीकरण गरिसक्नुपर्ने अध्यक्ष भण्डारीले बताए ।
संघको निर्वाचन हरेक तीन तीन वर्षमा हुँदै आएको छ । साधारण सभाको तयारी भइरहेको संघका कार्यालय प्रमुख तर्कराज रिमालले हाम्रोपत्रलाई बताए । ‘वार्षिक साधारण सभाका लागि तयारी शुरु गरिसकेका छौं’ रिमालले भने ।
निर्वाचनका लागि नेपाल शिक्षक महासंघ टीकापुरका अध्यक्ष रघुनाथ उपाध्यायलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको रिमालले बताए ।