Hamro Patra
Khadga Memorial And Janajagriti
साहित्य एक सिर्जना हो । साहित्य कलम हो । कलमले कोर्ने  शब्दद्वारा समाज परिवर्तनको सशस्त्र युद्ध हो । शब्दको ताकतबाट हार्नेहरू कहिल्यै जित्दैनन् । ती जिउँदै मरितुल्य हुन्छन् । सामाजिक न्याय सहितको शासन सबैखाले उत्पीडितको अन्त्य स्वतन्त्र न्याय नागरिकहरूको सर्वागिण विकास अपरिहार्य शर्त हुन् । दलका घोषणापत्र र कानुन्त: आपसमा बाझिएको हुनुभएन ।लोकतन्त्रको मर्म भनेको सरकार जनताको जमानत प्राप्त गरेर बनेको हुन्छ ।बालिग मताधिकार प्रयोग आवधिक निर्वाचनको माध्यमद्वारा निर्वाचित जनप्रतिनिधि संविधान प्रचलित कानुन र जनताप्रति जिम्मेवारी जवाफदेही हुनुपर्छ ।
 
सरकार सञ्चालन गर्ने विधि प्रक्रिया राष्ट्रिय क्षेत्रीय नीति स्थानीय सरकार सञ्चालनका प्रावधान तजबिज आर्थिक पारदर्शिता सही नीति निर्माण कानुनको पालामा सबैले गर्नैपर्छ । सरकार प्रमुख मन्त्री मुख्यमन्त्री सांसद मेयर अध्यक्ष आदि  हुन् चाहे कर्मचारी हुन् सबैले संविधानत: प्राप्त अधिकार जनताले नपाउने अधिकारी जनतालाई रैतीको व्यवहार खेप्नु पर्ने अवस्था हुनु दु:खद छ । सरकार भनेको जनतालाई सुशासन जीउधनको सुरक्षा गर्ने सर्वोच्च संस्था हो । यसका अधिकारी मातहतका कर्मचारी सेवक हुन् । जनताले तिरेको मानो खाने राज्यका ज्यालादारी मजदुर हुन् । 
 
संविधानमा राज्यका निर्देशित सिद्धान्त पालना नियमन कार्यपालिका,व्यावस्थापिका र न्यायपालिकाका काम कर्तव्य स्पष्ट पारिएका छन् । संविधानमा केही कुरा विवादित आलोचित पनि होलान् । देशको आवश्यकता र जनतालाई चाहिएको सुशासन हो । संविधानमा भएका कमिकमजोरी त्यसलाई संशोधन परिमार्जन गर्दै सच्याउँदै जानु पो पर्छ त । देशलाई कमजोर पार्ने भावी भविष्य भड्कालोमा हाल्ने सत्ताको उन्मादमा जे पनि गर्न पछि नपर्ने जस्तो सन्धि-सम्झौता गर्न तयार लालायित हुने प्रवृत्ति घातक छ । जो चल्दै आएको छ । पानी माथिको ओभानो बन्न खोज्ने अनुहार विछिप्त छ।
 
नौकरी गर्नेलाई नौकर नभनेर के भन्ने ? शासन सत्तामा जाने म्यादी मजदुर अथवा नौकर हुन् । समयावधि तोकिएको हुन्छ । काम र कर्तव्य स्पष्ट तोकिएको हुन्छ । के गर्ने के नगर्ने संहिता ऐनकानुन पद्धति काम कर्तव्य जिम्मेवारी तोकिए हुन्छ । उच्च अर्थात् सार्वजनिक पदमा पुग्ने व्यक्ति विषयगत ज्ञान भएको सादगी नैतिकवान कुशल देश र जनताप्रति बफादार हुनैपर्छ ।कर्तव्य पालना नगर्दा जिम्मेवारीबाट पन्छिने सबैलाई राजा हुनुपर्ने पद र शक्तिको दुरुपयोग गर्ने मौमत्ता हुँदा देश सधैं राजनीति अस्थिरतामै रह्यो । 
 
राजनीति स्थिरता र सुशासन नभई भौतिक विकास हुनैसक्दैन । सामाजिक विकास गुणस्तरीय युग सुहाउँदो शिक्षा बाट प्रारम्भ हुन्छ । बेरोजगारी बढाउने उमेर घटाउने अमूल्य जीवन प्रतिको ठूलो खेलबाड हो । जनताका छोराछोरीको भविष्य अन्धकारतिर धकेल्ने मनसाय राष्ट्रघाती हो । पढ्ने झोला काँध बोकेर विदेश पलायन हुन् बाध्य पार्ने । आफू आजीवन सत्ताको वरिपरि चक्कर काट्ने । 
 
प्रधानमन्त्री भनेको देशको प्रधानमन्त्री हो । कुनै दल गठबन्धन प्रधानमन्त्री बन्नु त्यो छनक मिल्नु भनेको सम्पूर्ण देश र जनतप्रतिको अपमान हो । प्रधानमन्त्री नै देश र जनताप्रति उत्तरदायी हुँदैन भने तल तल वडा सम्म कस्तो हालत होला सजिलैसँग अनुमान गर्न सकिन्छ । पारदर्शिता र विश्वसनीयता छदैछैन । सार्वजनिक पदमा पुग्ने व्यक्तिको विश्वसनीयता र विश्वास हुनुपर्छ । कानुन भन्दा व्यक्तिगत जिम्मेवारी पनि होलान् कर्तव्य होला ।सत्तामा जाने  भित्र भित्र के पो गर्छन् देशनै बेच्न पनि पछि पर्दैनन् भन्ने जस्तो कुरा जनमानसमा छ यसको मलजल सत्ता बाहिर हुनेले बढी गर्छन् । हुनपनि हरेक कुरामा अविश्वास विवाद हुन्छ । कूटनीति मर्यादाको ख्याल राख्दैनन् । स्वतन्त्रता छ भन्दैमा अपशब्द देशको मानमर्दन हुने अभिव्यक्ति गतिविधि गर्नुपनि बेइमानी हो । 
 
दूरदृष्टि पारदर्शी र विश्वसनीयता भयंकर खाडल छ । कसरी उत्पादन बढाउने श्रोतको सदुपयोग आर्थिकसामाजिक गतिविधि चलाएमान कसरी गर्ने त्यतातिर ध्यान दिएको  देखिदैन । खाली सत्ता सत्ता पद सत्ता उता जनता गाँस बास स्वास्थ्य शिक्षा र अधिकारकै युगौं तड्पिने यता देशलाई बर्बाद पार्ने । देश अस्तव्यस्त छ । राज्यले आफ्ना नागरिक चिन्न छोडिसक्यो । जलवायु परिवर्तन उत्पादनमा ह्रास विपत्ति महामारी संक्रामण रोगको त्रास बढ्दैछ कथित दल जो सधैं झै सत्ता थिए छन् राज्य श्रोत माथिको जबर्जस्त गिद्दे नजर उफ!
 
हामी समाज सेवाको नाममा दलाल भयौं । बास्तबमा गरिब जनताले तिरेको करबाट अस्वभाविक सेवा सुविधा तलबभत्ताको साथसाथै अझ पुगेन भनेर अनियमितता कमिसन खान्छौं, भ्रष्टाचार गर्छौ, हामी त खास जनताका चाकर हौं अब सुध्रिनु पर्छ भन्ने भान नपरे सम्म र जनताले तिनीहरुलाई जवाफदेही र्‍याफर्‍याप्ती नपारे सम्म यिनको मति देशको गति अघि बढ्ने छाँटकाट देखिदैन ।
 
टीकापुर १, कैलाली
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update