Hamro Patra
क्षेत्र ‘घ’ सम्मेलनः होटल व्यवसायीले भने ‘स्वागत गर्न हामी तयार छौं’

टीकापुर, साउन १५

टीकापुर जेसीजको आतिथ्यतामा भदौ २४ र २५ गते टीकापुरमा हुने क्षेत्र ‘घ’ सम्मेलनको तयारीका लागि आज कैलाली होटल व्यवसायी संघसँग छलफल गरिएको छ ।

नवलपरासीदेखि पश्चिमको महाकालीसम्म ५५ शाखाका १ हजार बढी अतिथिहरु स्वागत गर्न तयार रहेको होटल व्यवसायीले बताएका छन् ।

CMA Staff

होटल व्यवसायी महासंघका केन्द्रिय महासचिव वीरमञ्जन बटालाले यो कार्यक्रमले टीकापुरमा आन्तरिक पयर्टकहरुको आगमन हुने बताउँदै साना साना कुरामा ध्यान दिएर पाहुनाको स्वागत सत्कार गरिने बताए ।

‘हामीले स-साना कुरामा ध्यान दिएर हाम्रा पाहुनालाई स्वागत गर्नुपर्छ’ बटालाले भने ‘कार्यक्रम सफल पार्न हामी हाम्रोतर्फबाट सहयोग गर्न तयार छौं ।’

कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ टीकापुरका महासचिव तेज बोहोराले होटलहरुलाई व्यवस्थित गर्दै कार्यक्रमलाई कार्यक्रमलाई सबै किमिसका सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै सम्मेलनका निर्देशक नवराज रावलले क्षेत्र ‘घ’ सम्मेलन टीकापुरको साझा कार्यक्रम भएकाले यसमा सबैको सहयोग र सद्भाव हुनुपर्ने बताए ।

‘१ हजार बढी पाहुनाहरु टीकापुर आउँदै छन्, यहाँको आर्थिक गतिविधि समेत वृद्धि हुन्छ’ उनले भने ‘सो अवधिमा झण्डै ३ करोड बढी रुपैयाँका आर्थिक कारोबार हुने भएकाले पनि यो महत्वपूणर् छ ।’

कार्यक्रममा बोल्दै नेपाल जेसीजका पूर्व महासचिव टेकराज रेग्मीले टीकापुर आउने पाह्नालाई स्वस्थ, सफा, आकर्षक र स्थानीय परिकारहरुले स्वागत गर्न सके आगामी दिनमा यस क्षेत्रमा आन्तरिक पर्यटकहरु बढ्ने बताए ।

‘देशका विभिन्न शाखाबाट १८ देखि ४० वर्षसम्मका युवाहरु कार्यक्रममा सहभागी हुन्छन्’ रेग्मीले भने ‘उनीहरु प्रत्येकले ३, ४ हजार मात्रै खर्च गर्दा पनि करोडौंको कारोबार हुन्छ, यो पैसा हाम्रै क्षेत्रमा आउने हो ।’

कार्यक्रममा बोल्दै सम्मेलनका आर्थिक संयोजक लक्ष्मण थापाले आर्थिक मन्दीको असर परिरहेका बेला कार्यक्रम गर्नुपर्ने भएकाले आर्थिक सहयोग संकलन गर्नु निकै चुनौतिपूणर् काम रहेको बताए ।

उनले भने ‘यस्तो मन्दीका बेला कार्यक्रम हुँदैछ, हामीले सबै थोरै थोरै सहयोग गरेर कार्यक्रम गर्नुपर्नेछ । यसमा सबैको सहयोग आवश्यक छ ।’ थापाले कार्यक्रमले यहाँको पर्यटकीय, भाषा, कला, संस्कृति समेतको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम टीकापुर जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.को अध्यक्षतामा भएको थियो । अध्यक्ष वि.क.ले टेण्डर प्रक्रियाबाट २१ वर्षपछि टीकापुरमा भइरहेको सम्मेलनलाई पर्वका रुपमा मनाउनु पर्ने बताए । यसअघि टीकापुर जेसीजले सन् २००१ मा क्षेत्र ‘घ’ सम्मेलन आयोजना गरेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update