धनगढीमा एक कर्मचारीको मृत्यु
धनगढी, साउन १४
कैलालीमा घाइते भेटिएका एक कर्मचारीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरमा बस्दै आएका स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत ३९ वर्षीय कर्मचारी जयसिंह भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।
धनगढीकै सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार तारानगरस्थित कोठामा आज दिउँसो झुण्डिएर घाइते अवस्थामा फेला परेका भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९ १८:०७
प्रतिक्रिया दिनुहोस्