Hamro Patra
परिवर्तन आफैबाट सुरु गरौं– रविन्द्र मिश्र

टीकापुर, जेठ १
साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले युवाले आफैबाट परिवर्तनको सुरुवात गर्नुपर्ने बताएका छन । टीकापुर जेसीजले आज आयोजना गरेको वर्तमान अवस्थामा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले युवाले परिवर्तनको नेतृत्व लिनुपर्ने बताए ।

‘म नै हुँ परिवर्तनको संवाहक भनेर अघि नबढेसम्म भावी पुस्ताले समेत दुःख पाउँछ’ उनले भने–‘हामीले हरेक पटक गलत नेता चुनेर आफैले दुःख पाउने काम गरेका छौं ।’

Khadga Memorial And Janajagriti

उनले राजनीति नै देशको मूल नीति भएकाले राजनीति सही नेतृत्वको हातमा हुनुपर्ने बताए । उनले राजनीतिक दवाव भन्दा बाहिर गएर मतदाताले स्वतन्त्र ढंगले अधिकार उपभोग गरे परिवर्तन सम्भव रहेको बताए ।

‘पार्टीभक्त हुन छोडेर स्वतन्त्र भए परिवर्तन सम्भव छ’ उनले भने–‘मतदाता सचेत भयो भने नेतृत्वमा राम्रो मान्छे आउछ ।’

उनले जेसीज अभियानमा लागेका युवाहरु समेत आफ्नो आस्थापाठ अनुसार नचलेका कारण असल मान्छे र विधिको शासन हुन नसकेको बताए । उनले हरेक व्यक्तिले बिहान असल मान्छे बन्ने प्रण गर्ने तर दिनभर ठिक उल्टो कार्य गर्नाले समस्या भैरहेको बताए ।

‘बिहान पूजापाठ गर्छौ । असल बन्ने प्रण गर्छौ तर दिनभर ठिक उल्टो काम गर्छौ’ उनले भने–‘जे प्रण गर्छौ दिनभर सोही अनुसार कार्य गरौं । परिवर्तन सम्भव छ ।’

उनले हरेक व्यक्ति असल भयो र विधि अनुसार चल्यो भने परिवर्तन सम्भव भएको बताउँदै यो जिम्मेवारी युवाको काँधमा आएको बताए ।

 

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update