Hamro Patra
वडा सदस्य चौधरीको निधन

धनगढी, साउन १३

कैलालीको कैलारी गाउँपालिका-७ का वडा सदस्य एवम् गाउँपालिकाको गाउँ सभा सदस्य ४२ वर्षीय उमेशकुमार चौधरीको निधन भएको छ ।

CMA Staff

कैलारी गाउँपालिका-७ भुईयाँफाँटा निवासी उनको हिजो साँझ निधन भएको हो । पसलमा बसेर कुराकानी गर्ने क्रममा एक्कासी अचेत देखिएका चौधरी त्यसपछि नउठेको वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता दीपेन्द्र बमले जनाए ।

उनका अनुसार वडा सदस्य चौधरी उच्च रक्तचापका बिरामी थिए । उनी रक्तचापको औषधि सेवन गर्दै आएका थिए ।

गाउँ सभा सदस्यको निधन भएपछि कैलारी गाउँपालिकाभरि आज शोक बिदा गरिएको छ । गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुमा एक दिन शोक बिदा गरिएको प्रवक्ता बमले जानकारी दिए ।

उनले वडाले एक कुशल समाजसेवी गुमाएको उल्लेख गर्दै आज बस्ने कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्ने जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update