टीकापुर, साउन १२
सुदूरपश्चिम फुटबल टिमका पूर्व कप्तान खडक साउँदलाई टीकापुर जेसीजले डेढ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
टीकापुर घर भई हाल काठमाडौंमा उपचार गराइरहेका साउँदको कलेजो प्रत्यारोपण गर्नका लागि जेसीजले १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली र जेसीजले उक्त रकम संकलन गरेका हुन् ।
अमेरिकाबाट प्रकाश धमाला, प्रकाश विष्ट, दीपक ढुंगाना, पूजा पाण्डे, लोक जैशी, पुष्प रावल, नोरा खड्का, भिम थापा, युवराज मुडभरी, राम भट्ट, रोहित कुँवर, भेषराज भट्टराई, पुरन बोहोरा, विशाल रावल, राज कुँवर, कृष्ण बटाला, लोकेन्द्र रिमाल, महेन्द्र रावल, रवी नेपाल, कम्लेस सार्की, पेशल बास्तोलाले १ लाख ३४ हजार ६ शय ८४ रुपैयाँ संकलन गरी पठाएका थिए । सहयोग रकम संकलनका लागि प्रकाश धमालाले संयोजन गरेका थिए । उक्त रकममा १६ हजार ३ शय १६ रुपैयाँ थप गरेर जेसीजले साउँदका बुवा मोहनबहादुर साउँदलाई हस्तान्तरण गरेको हो ।
जेसीजका अध्यक्ष टोपप्रकाश वि.क.का अनुसार सहयोग रकम संस्थापक अध्यक्ष प्रा.डा. जगतबहादुर सिंह रावल हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा, निवर्तमान अध्यक्ष लक्ष्मण थापा लगायतको उपस्थिति रहेको थियो ।