Hamro Patra
‘चेक बाउन्स’ मुद्दामा वडाध्यक्ष पक्राउ

टीकापुर, साउन ११

कैलालीको धनगढी उप-महानगरपालिकाका-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी-१२ बाटै उनलाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो।

CMA Staff

महरालाई जिल्ला अदालत कैलालीमा पेस गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ। चेक अनादरको मुद्दामा उनलाई अदालतमा उपस्थित गराइएको भनिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए ।

कृष्णकुमार रानाले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update