Hamro Patra
केराको सामाग्री सम्बन्धी अन्तरक्रिया

धनगढी, बैशाख ३१
टीकापुर नगरपालिकाको आयोजनामा आज केराको प्रशोधनबाट रेसा उत्पादन तथा विभिन्न सामान उत्पादन र बजारिकरणको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रमको एक समारोहकाबीच टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले उद्घाटन गरेका छन । सो अवसरमा बोल्दै मेयर रावलले टीकापुर केराका नामले चिनिन थालेको बताए ।

Khadga Memorial And Janajagriti

कार्यक्रमको औचित्य बारेमा उपमेयर केशरी रावल बिष्टले प्रष्ट पारेकी थिईन । अन्तरक्रिया कार्यक्रममा केराको महत्वका बारेमा डा. प्रभात रावतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update