पहिरोले घर पुरिँदा एकै परिवारका तीनाको मृत्यु
टीकापुर, साउन ९
अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। गएराति जिल्लाको तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा अमरकी ४५ वर्षीया भाउजू हरिकला, अन्दाजी २५ वर्षीय भाइ वीरेन्द्र र १५ वर्षीय भतिज संविधान विष्ट रहेका जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।
पहिरोमा परी अमरकी ६५ वर्षीया आमा नैना विष्ट पनि घाइते भएकी र उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ २०:०७
प्रतिक्रिया दिनुहोस्