Hamro Patra
बजेटको सदुपयोग गरौंः मन्त्री रावल

टीकापुर, साउन २

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले सरकारी बजेटको सही सदुपयोग गर्नुपर्ने बताएका छन् ।

सन्त निरंकारी आदर्श विद्यामन्दिर मावि टीकापुरको नवनिर्मित सभाकक्षको आज उद्घाटन गर्दै मन्त्री रावलले सरकारीस्तरबाट आउने वजेटको सही सदुपयोग नभएकाले कामहरु कमसल हुने गरेको बताए ।

CMA Staff

‘काम कामसल भयो भने संरचना पनि राम्रो नबन्ने, सरकारी बजेटको पनि सदुपयोग नहुने भएकाले अवका दिनमा त्यसमा सबैले चाँसो दिनुपर्छ’ मन्त्री रावलले भने ‘यदि कुनै पनि ठाउँको विकास गर्नुछ भने पहिले त्यहाँका नागरिकहरु सकारात्मक सोचका साथ एकजुट हुनुपर्छ अनि मात्र त्यो ठाउँको विकास गर्न सजिलो हुन्छ ।’

मन्त्री रावलले जनप्रतिनिधि छनोट गर्दा हाम्रा नभई राम्रा मान्छेलाई छनोट गर्नु पर्ने र छनोट गरीसकेपछि पनि जनताहरुले उनीहरुको निग्रानी गर्नुपर्नेमा जोड दिए ।

टीकापुर क्षेत्रको विकास हुनका लागि पहिले यो क्षेत्रको बजार बिस्तार गर्नु पर्ने भएकाले त्यसका लागि सनकट्टी घाटमा पुल निर्माण, विमानस्थल सञ्चालन, लम्की खक्रौला सडक कालोपत्रे, टीकापुर पार्कको व्यवस्थापन र प्रचार प्रसारमा जोड दिनुपर्ने बताए ।

टीकापुर नगरपालिकाका उप-प्रमुख खडकबहादुर शाहले चुनावमा पार्टी भने पनि जनप्रतिनिधि जितेर आईसकेपछि त्यो मानसिकता भन्दा माथि उठेर काम गर्नु पर्ने बताए । उनले विकास गर्ने कुरामा सबै एक ठाउँमा उभिएर काम गर्नु पर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, सन्त निरंकारी आदर्श विद्यामन्दिर माध्यामिक विद्यालयका गुठीयार प्रमुख नरबहादुर रावलले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक नरबहादुर वटालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक टेकबहादुर चन्दले गरेका थिए ।

प्रदेश सरकारको ७ लाख २ हजार र अन्य गरी १० लाख ८० हजार १९६ रुपैयाको लागतमा सभाकक्ष सहित २ ओटा कोटाको वाल सिलिङ जडान गरिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update