Hamro Patra
मानवसेवा आश्रम धनगढीमा

धनगढी, बैशाख ३१
धनगढीमा आज मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश शाखाको उद्घाटन समारोह सम्पन्न भएको छ ।

मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए । उनले धनगढी उपमहानगरपालिका– तारानगरमा शाखाको उद्घाटन गरेका छन ।

उनले प्रदेश भर रहेका सहयोगको आशामा रहेका मानवहरुको व्यवस्थापनमा मानवसेवा आश्रमसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

Khadga Memorial And Janajagriti

मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई नै घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानव रहित नेपाल निर्माण गर्ने लक्ष्य बोकेको छ ।

त्यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले मानवसेवा आश्रमले समान उद्देश्य भएका संस्थाहरुसँगको एकता र सहकार्य भए स्थानीय तहलाई योजना बनाउन सहज हुने बताए ।

मानवसेवा आश्रमकै प्रेरणाको कारण आफू निर्वाचित भए लगत्तै धनगढीलाई मानवीयताको शहर बनाउने निर्णय गरेको बताए ।

सो अवसरमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र, प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद विडारी, प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव गोपाल प्रसाद अर्याल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम आश्रमकी सुदूरपश्चिम प्रदेश संयोजक सृजना ओलीले सञ्चालन गरेकी थिईन । १ हजार ८०० बढी घरबार विहिन, बेसहारा नागरिकहरुलाई सेवा गरिसकेको यस आश्रमले हाल ६ प्रदेशका १२ जिल्लामा १४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

मानवसेवा आश्रमले ५ महिना अघि अनौपचारिक रुपमा सुदूरपश्चिम प्रदेश शाखा सञ्चालनमा ल्याएको थियो । हाल यस शाखामा १८ जना बेसहारा मानवहरुले संरक्षण पाइरहेका छन ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update