टीकापुर र जानकीमा भोलि विदा
टीकापुर, साउन १
कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले कमैया मुक्ति दिवस अर्थात् साउन २ गतेका दिन स्थानीय विदा दिएका छन् ।
२०५९ साल साउन २ गतेका दिन सरकारले कमैया मुक्ति घोषणा गरेको थियो । उक्त दिनको अवसर पारेर टीकापुर र जानकीले स्थानीय विदा दिएका हुन् ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुद्धारा जारी विज्ञप्तिमा ‘कमैया मुक्त भएको अवसरको दिन यस नगरपालिका अन्तर्गत रहेका सम्पूणर् वडा कार्यालय/स्वास्थ्य संस्था, शैक्षिक संघसंस्था लगायत सरोकारवाला सम्बद्ध सार्वजनिक निकायहरुमा एक दिने स्थानीय विदा दिने निणर्य भएको छ’ भनिएको छ ।
उता, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टद्धारा जारी विज्ञप्तिमा समेत साउन २ गतेका दिन स्थानीय विदा दिइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १९:०७
प्रतिक्रिया दिनुहोस्