Hamro Patra
विद्युतको पोललाई फलामको टेको

टीकापुर, असार ३१

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ६ मुनुवा रोडमा रहेको एक विद्युत पोललाई फलामको टेको लगाइएको छ ।

विद्युत पोल ढल्ने अवस्थमा पुगेपछि स्थानीयले रोकथामका लागि फलामको टेको लगाएका हुन् ।

Khadga Memorial And Janajagriti

विद्युतको पोलमा दुईवटा लाइन विस्तार गरिएको छ । टीकापुरस्थित विद्युत सव स्टेशन जाने सडकमा पर्ने उक्त पोल बाँगो हुँदै गएको छ । पोल बाँगो हुँदा समेत विद्युत प्राधिकरणले ध्यान नदिँदा टेको लगाउनु परेको स्थानीयहरु बताउँछन् ।

विद्युतको पोलमा फलामका दुईवटा टेको लगाइएको छ । स्थानीय राजु चौधरीले पोल ढल्ने अवस्था आएपछि टेको लगाउनु परेको बताए । उनले विद्युत प्राधिकरणमा पटक पटक खबर गर्दा समेत कुनै चासो नदिएपछि टेको लगाउनु परेको बताए ।

नेपाल विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख माधव महतले विद्युतको पोल ढल्ने अवस्था भए आजै नै समाधानका लागि काम गर्ने बताएका छन् ।

उनले भने ‘प्राविधिकको टोली पठाएर मर्मत हुने भए मर्मत गर्छौं, नभए नयाँ भए पनि हाल्छौैं ।’

विद्युत पोल ढल्ने अवस्था आएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

फोटोः लक्ष्मण वि.क.

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update