Hamro Patra
मेयर कपको उपाधि वडा नम्बर १२ लाई

धनगढी, बैशाख ३१
धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ ।

हिजो वडा नम्बर १८ स्थित पृथ्वी युवा क्लबको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १४ लाई सडन डेथमा पराजित गर्दैै वडा नम्बर १२ ले उपाधि चुमेको हो ।

Khadga Memorial And Janajagriti

पेनाल्टी सुटआउटमा सडन डेथ सम्म पुगेको खेलमा वडा नम्बर १२ नौ–आठले बिजयी भएको हो । यस अघि निर्धारित समयमा दुबै वडाले १÷१ को बराबरी खेलेका थिए ।

पहिलो हाफको ३५ मिनेटमा वडा नम्बर १४ का लागि हेम गोलले गोल गर्दै अग्रता दिलाएका थिए भने दोश्रो हाफको ४० मिनेटमा वडा नम्बर १२ का भिम थापाले गोल गर्दै खेल बराबरी बनाएका थिए ।

विजेता बनेको वडा नम्बर १२ ले ट्रफी मेडल प्रमाण पत्र सहित नगद एक लाख हात पारेको छ । उपविजेता बनेको वडा नम्बर १४ ले ट्रफी मेडल प्रमाण पत्र सहित नगद एकाउन्न हजार पाएको छ ।

एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका मेयर नृप ओडले मेयर कपको समापन गरे । । सो अवसरमा वोल्दै उनले आगामी वर्षदेखि महिला मेयर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरे । प्रतियोगितामा १९ वटै वडाका टीमहरुले भाग लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update